आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

भन्सालीलाई नायिकाको पत्र : तपाईंंको भव्य फिल्मको अन्त्यमा ... महसुस गरेँ

मङ्गलबार, १६ माघ २०७४, १४ : ४३
मङ्गलबार, १६ माघ २०७४

प्रिय भंसाली सर,

सबैभन्दा पहिले तपाईंलाई बधाई तपाईंले अन्त्यमा आफ्नो भव्य फिल्म ‘पद्मावत’– बिना ई र दीपिका पादुकोणको सुन्दर कम्मर र सम्भवतः काटिएको ७० सटबिना रिलिज गर्न सफल हुनुभयो । तपाईं यो कुराको लागि बधाईको पात्र हुनुहुन्छ, तपाईंको फिल्म रिलिज भयो र न कसैको टाउको उसको काँधबाट अलग भयो न कसैको नाक काटियो ।

आजको यो सहिष्णु भारतमा जहाँ मासुका लागि मान्छेको हत्या हुन्छ र कोही प्राचीन पुरुषत्वको गर्वको भावनाको बदला लिन स्कुल गइरहेको बच्चको निशाना बनाइन्छ । यस बीच तपाईंकाृ फिल्म रिलिज हुनसक्यो, यो आफैमा धेरै ठूलो कुरा हो । यसैले तपाईंलाई एक पटक फेरि बधाई ।

तपाईं यो कारण पनि बधाईको हकदार हुनुहुन्छ, तपाईंका सबै कलाकार–प्रमुख तथा सहायक सबैले गजबको अभिनय गरेका छन् । निश्चय नै यो फिल्म कुनै अति भव्य, आश्चर्यचकित गर्ने खालको दृश्य बराबर रहेको थियो । तर कुरा यो पनि हो, सबै चीजमा आफ्नो छाप छाड्ने तपाईंजस्तो फिल्म निर्देशकबाट यो आशा गरिन्छ नै ।

हामी एक दोस्रोलाई चिन्दछौँ । मलाई थाहा छैन तपाईंलाई थाहा छ कि छैन तर मैले तपाईंको फिल्म गुजारिशमा एउटा छोटो रोल निभाएको थिएँ । सही भन्ने हो भने त्यसमा मेरो दुई दृश्य थिए । मलाई याद छ, मेरो संवादलाई लिएर तपाईंसँग सानो कुराकानी भएको थियो र तपाईंले संवादलाई लिएर मेरो धारणा सोध्नुभएको थियो ।

मलाई के याद छ भने संजय लीला भंसालीले मसँग मेरो धारणा सोधेका थिए भनेर एक महिनासम्म मैले आफैमाथि गर्व महसुस गरिरहेँ । मैले एक दृश्यमा तपाईंले जुनियर कलाकार र अर्कोमा अपरेटरलाई सटको बारेमा उत्तेजनामा सम्झाएको देखेँ । मलाई याद छ, त्यो समय मनमा यो सोच आएको थियो– “वाह, यो मान्छे आफ्नो फिल्मको सानोभन्दा सानो रोलको साँच्चै ख्याल गर्छ ।” म तपाईंबाट धेरै प्रभावित नभई रहन सकेको थिइनँ ।

म तपाईंका फिल्महरूको उत्साही दर्शकमध्ये एक हुँ र जुन तरिकाले तपाईं आफ्ना हरेका फिल्मबाट आफैले बनाएको मानकहरू अझै माथि  उठाउनुहुन्छ र जसरी तपाईंको सक्षम निर्देशनमा स्टार कलाकारहरू सजीव, गम्भीर अभिनेतामा बदलिन्छन्, यो कुराले मलाई आश्चर्यचकित बनाइदिन्छ ।

प्रेम कथा कस्तो हुनुपर्छ, यस सम्बन्धमा मेरो विचार निर्माणमा तपाईंका भूमिका रहेको छ । म त्यो दिनको सपना देख्ने गर्थें, जब तपाईं मलाई कुनै फिल्मको मुख्य पात्रको रूपमा निर्देशन गर्नुहुन्छ । म तपाईंको फ्यान थिएँ र फ्यान हुँ ।

म तपाईंलाई के बताउन चाहन्छु भने मैले वास्तवमा तपाईंका फिल्मका लागि लडेको छु । त्यो समय जब यसलाई पद्मावतीले नै चिनिइरहेको थियो । म भन्न चाहन्छु, लडाइँको मैदानमा त होइन तर ट्विटर टाइमलानमा लडाइँ निश्चय नै लडेथेँ, जहाँ ट्रोलसँग मेरो झगडा भयो तर फेरि पनि म तपाईंका लागि लडें ।

मैले टिभी क्यामेराअघि ती कुराहरू भने, जुन मलाई लागिरहेको थियो कि तपाईं १८५ करोड रूपियाँ फसेका कारण भन्न सकिरहनु भएको थिएन । 

मैले जे भने त्यसमा पूरा सच्चाइको साथ विश्वास गरेँ । मैले पूरा सच्चाइका साथ यो विश्वास गरेँ र आज पनि गर्छु, यो देशमा हरेक व्यक्तिलाई त्यो कथा भन्ने पूरा हक छ जो उसले भन्न चाहन्छ र जसरी ऊ त्यो भन्न चाहन्छ ।

ऊ आफ्नो नायिकाको पेट जति चाह्यो त्यति खुल्ला देखाउनसक्छ र त्यस्तो गर्दा उसलाई आफ्नो सेट जलाइने वा पिटिने, अङ्गभङ्ग बनाइने वा ज्यान नै जाने डरले नसताओस् ।

साधारण शब्दमा भन्दा फिल्म बनाउने र त्यसको रिलिज गर्ने क्षमता बचिरहनु आवश्यक छ र बच्चाहरू सुरक्षित तरिकाबाट स्कुल जानमा कोही आँच आउन हुँदैन । म तपाईंलाई यो जानकारी दिन चाहन्छु, तपाईंको फिल्मले साँच्चै धेरै नै सफलता पाओस् ।

यसले बक्स अफिसमा सफलताका सबै रेकर्ड तोडोस् । यो फिल्मको कमाइ आफैमा करणी सेनाका आतङ्कवादी र उसमाथि सहानुभूति राख्नेहरूको अनुहारमा थप्पडजस्तो होस् । यसैले साह्रै उत्साह र ठूलो जोशका साथ मैले पद्मावतको पहिलो सोको टिकट बुक गराएँ र आफ्नो पूरै परिवारको साथ फिल्म हेर्न गएँ ।

सायद फिल्मसँगको यो सम्बन्ध र सरोकारको कारण नै यसलाई हेरिसकेपछि म सनन भएँ । सायद यही कारण म तपाईंलार्य स्वतन्त्र भएर लेख्ने दुस्साहस गरिरहेको छु । म आफ्नो कुरा सीधा र सङ्क्षेपमा भन्न कोसिस गर्छु, हुन त भन्नका लागि अरु धेरै छन् । 

-    सर, बलात्कार भएपछि पनि महिलासँग जिउँदो रहने अधिकार हुन्छ ।

-   पति वा उनको यौनिकताको रक्षक, स्वामित्व भएका, नियन्त्रक... चाहे जुन रूपमा तपाईं पुरुषलाई हेर्न चाहनुहुन्छ... को मृत्युपछि पनि महिलालाई जिउने अधिकार हुन्छ ।

-    पुरुष जीवित होस् वा नहोस्, महिलाहरूलाई यो तथ्यबाट स्वतन्त्र भएर जिउने अधिकार हुन्छ । 

-   महिलासँग बाँच्ने हक रहेको हुन्छ ।

यो वास्तवमा निक्कै महत्वपूर्ण कुरा हो, यसका केही महत्वपूर्ण बुँदा यस प्रकार रहेका छन् :
-    महिलाहरू हिँडडुल गर्ने, बोल्ने योनी होइन ।

-    हो, महिलासँग योनी हुन्छ तर उनीहरू त्योभन्दा अझै धेरै हुन् । यसैले उसको पूरा जीवनलाई योनीमै र त्यसको नियन्त्रण, सुरक्षा र सम्भरणमा केन्द्रित बनाइराख्नु आवश्यक छ । (हुनसक्छ १३औं शताब्दीमा अवस्था त्यो हुनसक्छ, तर २१औं शताब्दीमा यस्तो विस्तारलाई अनुसरण गर्नु हामीलाई कुनै जरुरी छैन। )

-    यदि योनीको सम्मान हुन्थ्यो भने राम्रो हुन्थ्यो तर दुर्भाग्यपूर्ण रूपमा यस्तो हुँदैन भने पनि महिलाले आफ्नो जीवन जिउन सक्छन् । दोस्रो व्यक्तिले उसको इच्छाबेगर उसको योनीको अपमान गर्ने प्रयास गरेको सजायको रूपमा उसलाई मृत्यु दिन जरुरी छैन ।

-    योनीभन्दा बाहिर पनि जिन्दगी छ, यसैले बलात्कारपछि पनि एक जीवन हुनसक्छ । (मलाई थाहा छ कि म यो दोहोर्याई रहेको छु तर योमाथि जति जोड दिए पनि कम हुन्छ ।)

-    सामान्य शब्दमा भन्ने हो भने जीवनमा योनीको अतिरिक्त धेरै चीज छन् ।

तपाईं यो सोचेर दिक्क मानिरहनुभएको होला, म किन योनीको यति धेरै कुरा गरिरहेको छु... किनकि सर, तपाईंको भव्य फिल्म हेरेपछि मलाई योनी जस्तो महसुस भइरहेको छ । मलाई यस्तो लागिरहेको छ, म मात्र एक योनीमा सीमित गरिएको छु ।

मलाई यस्तो लाग्यो, पछिल्लो कैयौँ वर्षदेखि महिलाहरूले र महिला आन्दोलनले जेजस्तो सानोतिनो सफलतता आर्जेको छ, जस्तो भोट दिने अधिकार, सम्पत्तिको स्वामित्वको अधिकार, शिक्षाको अधिकार , मातृत्वको अधिकार, समान कामको लागि समान ज्यालाको अधिकार, मातृत्व बिदा, विशाखा फैसला, बच्चालाई स्वीकार्ने अधिकार, यी सबै सफलताहरू निरर्थक हुन्थ्यो, किनकि हामी घुमिफिर उही प्रश्नमा आइपुगेका छौँ– के महिला विधावा, बलात्कृत, युवा, बूढी, गर्भवती, नाबालिग... लाई जिउँदो रहने अधिकार रहेको छ ?

मलाई यो लाग्छ, सती हाम्रो सामाजिक इतिहासको हिस्सा हो । यो वास्तविकता हो । म यो सम्झन्छु कि यो सनसनी खोज, डरलाग्दो, नाटकीय घटनाहरू हो, जसलाई भड्किलो र सम्मोहक दृश्यमा उतार्न सकिन्छ । खासगरी यदि यसलाई तपाईंजस्ता ठूलो फिल्मकर्मीले पर्दामा उतार्नु भयो भने । 

तर फेरि १९औँ शताब्दीमा हत्याको श्वेत गिरोद्वारा अश्वेतको पिटी पिटी मारेको दृश्यलाई पनि केही गरी सनसनिखेज, डरलाग्दो र नाटकीय सामाजिक घटना थियो । के यसको मतलब यो हो र कसैलाई नश्लवादको कुरूप सच्चाइ ध्यानमा नराखी यो विषयमा फिल्म बनाउनु ? या के यस्तो फिल्म बनाइनुपर्छ, जसमा नश्लीय घृणामा कुनै टिप्पणी नै नहोस् ? वा यो भन्दा पनि खराब । के कसैले तातो रगत, शुद्धता र शौर्यको प्रतीकका रूपमा पिटी पिटी ज्यान लिनुलाई महिमागान गरिएको कुनै फिल्म बनाउनुपर्छ ? मलाई थाहा छैन । यो मेरो बुझाइ भन्दा ठूलो कुरा हो– आखिर कोही यस्तो जघन्य अपराधको कसरी महिमा गाउन सक्छ ?

सर, ममा पक्का यो विश्वास छ, तपाईं सती महिमागान गरिनुपर्ने प्रथा हो भन्ने कुरामा विमति राख्नुहुन्छ । निश्चय नै तपाईं यो कुरा पनि विमति राख्नुहुन्छ, प्रतिष्ठा, त्याग, शुद्धता चाहे जुनै विचारका कारण महिला र पुरुषको यस्तो परम्परामा सामेल भए पनि सती महिलाको यौन अङ्ग सिलाउने, अनर्स किलिङ जस्तै गहिरो रूपमा पितृसत्तात्मक, महिला विरोधी विचारले भरिएको छ ।

यो त्यो मानसिकता हो, जो के मान्दछ भने कोही महिलाको मूल्य उसको योनीमा निहित हुन्छ । जो यो मान्दछ यदि महिलामाथि कोही पुरुष मालिकको नियन्त्रण नहुँदो हो वा उनको शरीरलाई कुनै त्यस्तो पुरुष– जसलाई समाजले महिलामाथि स्वामित्व दाबी वा नियन्त्रण गर्ने अधिकार दिएको छैन, यसको स्पर्श वा नजरबाट अपवित्र गरेको छ भने त्यो महिलाको जीवन मूल्यहीन हुन्छ ।

सती प्रथा, महिलाको यौनाङ्ग सिलाउने, अनर्स किलिङ प्रथाको महिमागान गरिनुहुँदैन । किनभने यसले महिलाको समानताको अधिकार मात्रै होइन उसको व्यक्तत्व नै खोस्छ । यसले महिलालाई मानवता रिक्त गरिदिन्छ । यसले महिलाहरूको जीवनको अधिकार खोस्छ । यो गलत हो । हामी सन् २०१८ मा यो कुरामा वास्ता नगरेर पनि अघि बढन् सक्छौँ भन्ने अवस्थामा छैनौं । त्यसैले पनि यो विषयलाई महिमागान गरिनुहुन्न ।

महिलाकोे जनेन्द्रिय अपवित्र हुन सक्छ भन्ने आधारमा उनको जीवनको बली चढाउने कुनै पनि घटनालाई भव्य बनाएर प्रस्तुत गर्नु पाशविक अपराध हो । १३औँ शताब्दीमा त्यसो गर्नु र २१ शताब्दीमा त्यसलाई गौरवपूर्ण प्रस्तुत गर्नु उत्तिकै अमानवीय हो । महिलाको समानताको अधिकारलाई हस्तक्षेप गर्ने कुनै पनि कदम अस्वीकार्य छ । तर सर, तपाईंंले प्रस्तुत गरेको कथाले महिलाको बाँच्न पाउने अधिकारलाई अस्वीकार गरेको छ ।

तपाईंंको फिल्म रिलिज हुनु एक साताअघि हरियाणाकी एक दलित किशोरीमाथि सामूहिक बलात्कार भयो । सो घटनाले सन् २०१२ मा देशको राजधानी दिल्लीमा चिकित्साशास्त्रकी एक छात्रामाथिको भएको बलात्कारको घटनाले सम्झाइदियो । सती र बलात्कार एउटै दिमागका दुई पाटा हुन् । बलात्कारीले महिलाको जनेन्द्रियमा आक्रमण प्रयास गर्छ र निर्घात आक्रमण गर्छ । सती अथवा जौहर प्रथामा पनि महिलाको जनेन्द्रिय ‘अधिकार प्राप्त’ पुरुष मालिकको नियन्त्रणमा गुमेपछि महिलाको बाँच्ने अधिकार नै समाप्त हुन्छ । दुवै अवस्थामा महिलाको अमूल्य जीवनलाई उनीहरूको जनेन्द्रियमा सीमित पारिएको छ ।

तपाईंं भन्न सक्नुुहुन्छ, फिल्मले सुरुमा सती वा जौहरलाई समर्थन गर्दैन भनेर खण्डन गर्नुहुनेछ । सर, तर दुई घन्टा ४५ मिनेट लामो कहानीपछि सो विषय खुलेको छ, जहाँ सम्मानित राजपुत महिलाको साहस देखाइएको छ जो शत्रुको हातमा पर्नुभन्दा खुसीपूर्वक आगोको ज्वालामा दन्किन चाहन्छन् । तपाईंंंको हिरोइनले जौहरका लागि अनुमति मागेकी छिन् किनकि पतिको अनुमतिविना उनी मर्न पनि सक्दैनथिन् । क्लाइमेक्समा सास नै रोकिने सट थियो, एक उत्तेजित मुस्लिम अगाडि बढेपछि दुर्गाभवानीको जस्तो रातो पोसाकमा सजिएका हजारौँ महिला जौहरको आगोमा हामफाल्छन् र सङ्गीतको एउटा ट्र्याकले दर्शकलाई द्रवित गराउँछ र उनीहरूको प्रशंसा गर्छन् । सर, यदि यो सती वा जौहरलाई गौरवान्वित गराउन खोजिएको होइन भने वास्तवमै यो के हो ? मैले बुझ्न सकिन । फिल्मको क्लाइमेक्स भयावह किन पनि छ भने गर्भवती महिला र सानी बालिकासमेत आगोमा थिए ।

सर, शान्तपूर्वक फिल्म सुट गर्न र रिलिज गर्ने अधिकार सबैलाई छ । तपाईंं, तपाईंंका नायक, नायिका, निर्माता, तपाईंंको स्टुडियो र दर्शक तोडफोड र धम्कीबाट सुरक्षित होऊन् । म तपाईंंको अभिव्यक्ति स्वतन्त्रताका लागि ट्रोल र टेलिभिजन टिप्पणीकारविरुद्ध लड्ने वाचा गर्छु, तर सार्वजनिक उपभोगका लागि तपाईंंले निर्माण गर्ने कलामाथि प्रश्न गरिरहने वाचा पनि गर्दछु ।
०००

(स्वारा भास्कर ‘अवार्ड विनिङ’ भारतीय कलाकार हुन् । दिल्ली विश्वविद्यालयबाट अङ्ग्रेजीमा स्नातक र जबारहलाल नेहरू विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर उनले राँझना, प्रेम रतन धन पायो, तनु वेड्स मनुका दुई सिरिज र अनारकली अफ आराहमा प्रभावशाली अभिनय गरेकी छिन् । यो पत्र भारतीय अनलाइन द वायरबाट साभार गरिएको हो ।)
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

श्रवण उप्रेती
श्रवण उप्रेती
लेखकबाट थप