शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

यी हुन् संसारका १० सबैभन्दा चिसा ठाउँ, –१२८ डिग्रीसम्म पुग्छ तापक्रम

बिहीबार, १६ मङ्सिर २०७३, १० : ३५
बिहीबार, १६ मङ्सिर २०७३

मानिसहरुले न त अत्यधिक चिसो खप्न सक्छन् न अत्यधिक तातो नै । यी दुबै मौसम अत्यधिक भएको अवस्थामा मानिसहरु तनावमा हुने गर्दछन् । तपाईं गर्मी मौसममा पहाडमा जाने सोच्नुहुन्छ भने जाडो मौसममा गर्मी ठाउँमा । नेपालमा दिनानुदिन चिसो बढिरहेका बेला आज हामी तपाईंलाई संसारका सबैभन्दा चिसो १० ठाउँबारे जानकारी दिँदै छौं । १. रोजर्स पास, मोन्टाना, अमेरिकाः यो स्थान संसारको सबैभन्दा चिसो ठाउँमध्येको एक हो । सन् १९५४ जनवरी २० तारिखमा यहाँको न्यूनतम तापक्रम –७० डिग्री फरेनहाइट (–५७ डिग्री सेल्सियस) रेकर्ड गरिएको थियो । २. फोर्ट सेल्किर्क, क्यानडाः युकोन नदि नजिकै रहेको यो स्थानमा यति धेरै चिसो हुन्छ कि यहाँ निकै धेरै वर्षसम्म कोही पनि बस्दैनथे । यद्यपी, पछिल्लो केही वर्षदेखि यहाँ केही मानिसहरु बसोबास गर्न थालेका छन् । यहाँ बाटोघाटोको कुनै सुविधा छैन । आगन्तुकहरु यहाँ डुङ्गा अथवा विमानमा यात्रा गर्छन् । जनवरीको महिनामा यहाँको तापक्रम –७४ डिग्री फरेनहाइट नापिएको थियो । ३. प्रास्पेस्ट क्रिक, अलास्काः सबैभन्दा चिसो ठाउँमध्येको एक प्रोस्पेस्ट क्रिकमा निकै कम मानिस बसोबास गर्छन् । यहाँको तापक्रम –८० डिग्री फरेनहाइट (–६२ डिग्री सेल्सियस) सम्म पुग्छ । ४. स्न्याग–युकोन, क्यानडाः स्न्याग क्यानडाको एक गाउँ हो जहाँको तापक्रम निकै कम हुने भएकाले यो संसारको सबैभन्दा चिसो ठाउँमा समावेश छ । जनवरीको महिनाम यहाँको न्यूनतम तापक्रम –८१.४ डिग्री फरेनहाइटसम्म पुग्दछ । ५. ऐसेट, ग्रिनल्याण्डः ऐसेट ग्रिनल्याण्डमा अवस्थित छ तर यसमा जर्मनीको कब्जा रहेको छ । ग्रिनल्याण्डलाई धेरै देशहरुले आफ्नो रिसर्च सेन्टरको रुपमा उपयोग गर्ने गर्दछन् । यहाँको न्यूनत तापक्रम –८५ डिग्री फरेनहाइट (–६४.९ डिग्री सेल्सियस) रिकेर्ड गरिसकिएको छ । ६. नर्थ आइस, ग्रिनल्याण्डः यो ठाउँ बेलायत सरकारको वैज्ञानिक केन्द्र पनि हो जसलाई ब्रिटीश नर्थ ग्रिनल्याण्ड एक्पिडिसनको नामले चिनिन्छ । यहाँको न्यूनतम तापक्रम –८६.८ डिग्री फरेनहाइट (–६६ डिग्री सेल्सियस) रेकर्ड गरिसकिएको छ । ७. वेर्खोयांस्क, रुसः यो स्थान रुसको सबैभन्दा चिसो इलाकामध्येको एक हो । यहाँको चिसो र गर्मीको तापक्रमको फरक अन्य ठाउँभन्दा निकै भिन्न छ । सन् १८९२ फेब्रुअरीमा यहाँको तापक्रम –९३.६ डिग्री फरेनहाइट (–६९.८ डिग्री सेल्सियस) मापन गरिएको थियो । ८. ओइमेकोन– रसियाः जाडो महिनामा यहाँ जमिन पूर्ण रुपमा जम्ने गर्दछ । सन् १९२४ मा रसियाका वैज्ञानिक सर्जे ओब्रिचेभले यहाँको सबैभन्दा न्यून तापक्रम –७१.२ डिग्री सेल्सियस (–९६.२ डिग्री फरेनहाइट) मापन गरेका थिए । ९. प्लेटो स्टेशन, अन्टार्कटिकाः यो ठाउँमा न्यूनतम तापक्रम –११९.२ डिग्री फरेनहाइट रेकर्ड गरियो जुन निकै अचम्ममा पार्ने किसिमको छ । यति हुँदा हुँदै पनि संसारको सबैभन्दा चिसो यो ठाउँमा वैज्ञानिकहरु बस्छन् । १०. भोस्तोक–अन्टार्कटिकाः भोस्तोक स्टेशन रसियाली अन्टार्कटिक रिसर्च स्टेशन हो । भोस्तोकको सबैभन्दा चिसो महिना अगस्ट महिना हो जहाँको तापक्रम –८९.२ डिग्री सेल्सियस (–१२८.६ डिग्री फरेनहाइट) सम्म पुग्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप