इटहरीको बजेट ४१ करोड ८० लाख बिनियोजन
इटहरी - इटहरी उपमहानगरपालिकाले ४१ करोड ८० लाख ७३ हजार रुपैयाँको बजेट बिनियोजन गरेको छ ।
प्रस्तवित बजेटको ८० प्रतिशत पूँजीगत खर्च हुने अनुमान गरिएको छ । जसमा ३३ करोड ५१ लाख १४ हजार ९३० रुपैँया बिनियोजन गरिएको छ ।
यस्तै चालु खर्चका लागि कुल बजेटबाट ८ करोड २९ लाख ५८ १सय ५२ रुपैँया खर्च हुने अनुमान गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि स्थानिय विकास राज्य मन्त्रि श्रीप्रसाद जवेगुले इटहरी उपमहानगरपालिकाको प्रस्तावित बजेटको रातो पुस्तिका सर्वाजनिक गरेका थिए ।
बजेट इटहरी उपमहानगरपालिकाका कार्यकारी अधिकृत टकादंत राईले सार्वजनिक गरेका हुन् ।
सार्वजनिक गरिएको बजेटमा उपमहानगरपालिकाको आन्तरिक आयको रुपमा रहेको एकिकृत सम्पत्ति करको दरलाई पुर्नमुल्यांकन गरी कार्यान्वयनमा ल्याउने प्रस्ताव गरिएको छ ।
यस्तै बजेटले अघिल्लो बजेट मार्फत वडा स्तरीय बजेट पनि बढाईएको छ । वडा स्तरमा १९ लाख बजेट प्रदान गर्दै आएको भए पनि आगामि आर्थिक बर्षबाट २५ लाख दिने प्रस्ताव गरिएको छ ।
बढ्दो शहरीकरण, केन्द्रिय अनुदान प्रतिको परनिर्भरता, घाटा बजेट उपमहानगरपालिको आगामि चुनौति रहेको औँल्याईएको छ ।
बजेट सार्वजनिक कार्यक्रममा बिभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान समेत गरिएको छ । इटहरीलाई आफ्नो कार्यक्षेत्र वनाई नगरको विकासमा पत्रकारीता पेशा बाट ठुलो योगदान पुराएको भन्दै उपमहानगरपालिकाले पत्रकार धन वहादुर पुरी र राजन केडी लाई नगद २५ हजार सहीत पुरस्कृतगरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल हुने
-
सरकारी विद्यालय सुधार्दै मध्यपुरथिमि : 'बुक फ्रि डे' देखि विद्यार्थीको दुर्घटना बिमासम्मका जनमुखी कार्यक्रम
-
काँधमा भारी, साथमा वस्तुभाउ: बर्खा छल्न र चरनका लागि लेक उक्लिँदै गोठाला
-
सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
-
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण