सुनसरीमा पेस्तोल देखाई मिल लुटपाट
मङ्गलबार, ०४ माघ २०७३, १९ : ०२
सुनसरी – सुनसरीको दुहबीमा दिउसै पेस्तोल देखाई अज्ञात समुहले एक मिल लुटपाट गरेको छ ।
दुहबीभलुवा नगरपालिका ४ स्थित प्रभात चिउरा मिलमा मंगलबार दिउँसो ३ बजे चार जनाको समुहमा आएका लुटेराहरुले मिल्नै कब्जा गरी लुटपाट गरेका हुन् ।
दुईओटा मोटर साईकलमा आएका चारै जनाको समुहले मिलका १५ कामदारलाई बन्दी बनाई मिलमा रहेको ३६ हजार नगद र ४ थान मोबाइल र कामदारले लगाएको कपडासमेत लुटेका हुन् ।
चिउरा मिलमा रहेको सेफ फोडी ३६ हजार तथा मोबाइल लुटपाट भएको मिलका मेनेजर पिन्टु अग्रहरीले जानकारी दिए ।
लुटेराको कुटाईबाट अग्रहरी र धान व्यापारी अख्तर हुसैन सामान्य घाइते भएका छन् ।
मिलमा लुटपाट गर्ने समुहको सिसिटिभी क्यामेराबाट पहिचान भएको बताउँदै इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक शिव पोखरेलले लुटपाटमा संलग्नको खोजी भइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल हुने
-
सरकारी विद्यालय सुधार्दै मध्यपुरथिमि : 'बुक फ्रि डे' देखि विद्यार्थीको दुर्घटना बिमासम्मका जनमुखी कार्यक्रम
-
काँधमा भारी, साथमा वस्तुभाउ: बर्खा छल्न र चरनका लागि लेक उक्लिँदै गोठाला
-
सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
-
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण