स्ववियु चुनावमा लाग्न नेविसंघलाई कांग्रेसको निर्देशन
मङ्गलबार, ०४ माघ २०७३, १९ : १७
काठमाडौ– नेपाली कांग्रेसका शीर्ष नेताहरुले भातृ संगठन नेविसंघलाई आगामी फागुन १४ गते हुने स्ववियु चुनावमा लाग्न निर्देशन दिएका छन् ।
मंगलबार बिहान पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा पुगेका विद्यार्थी नेताहरुलाई सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, महामन्त्री शसांक कोइराला र प्रकाशमान सिंह लगायतका नेताहरुले नेपाल विद्यार्थी संघलाई अविलम्ब स्ववियु चुनावमा लाग्न निर्देशन दिएका हुन् ।
यसअघि त्रिविले स्ववियु चुनावमा उठ्ने उमेद्वारलाई २८ बर्षे हदबन्दी लगाएपछि नेविसंघले त्यसको विरोध गरेको थियो ।
कांग्रेस नेतृत्वले स्ववियु चुनाव स्थानीय निर्वाचनको पुर्व तयारी समेत हुने भएकाले चुनावी तयारी थाल्न निर्देशन दिएको नेविसंघका एक नेताले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल हुने
-
सरकारी विद्यालय सुधार्दै मध्यपुरथिमि : 'बुक फ्रि डे' देखि विद्यार्थीको दुर्घटना बिमासम्मका जनमुखी कार्यक्रम
-
काँधमा भारी, साथमा वस्तुभाउ: बर्खा छल्न र चरनका लागि लेक उक्लिँदै गोठाला
-
सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
-
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण