पसलमा आगलागीबाट पाँच लाखको क्षति
राजविराज - सप्तरीको शम्भुनाथ नगरपालिका–६ स्थित एक पसलमा मङ्गलबार आगलागी हुँदा रु पाँच लाख मूल्य बराबरको क्षति भएको छ ।
स्थानीय विनोदकुमार गुप्ताको किराना पसलमा विद्युत् सर्ट भई अचानक आगलागी भएको प्रहरीले जनाएको छ ।
सो आगलागीबाट गुप्ताको पसलभित्र रहेका खाद्यान्न सामग्री र नगद गरी अन्दाजी रु पाँच लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगोलाई स्थानीयवासी र प्रहरीले नियन्त्रणमा लिएका थिए ।
कम्बल वितरण
यसैबीच, धर्मी हल्फा महिला विकास क्लब, लालापट्टीले सप्तरीको तिलाठी गाविसको ८ र ९ नं वडामा मङ्गलबार कम्बल वितरण गरेको छ ।
केही दिनदेखि तराई मधेसमा बढेको चिसोका कारण प्रभावित क्षेत्रमा धर्मी हल्फा महिला विकास क्लबले यहाँका विपन्न परिवारलाई कम्बल वितरण गरेको हो ।
क्लबका अध्यक्ष समाजसेवी इन्जिनियर सूर्यनारायण यादवले १०० विपन्न, अपाङ्ग, एकल महिला र दलित परिवारलाई एक–एक थान कम्बल वितरण गरेका हुन् ।
यस्तै, सो क्लबले यसअघि जिल्लाको इटहरि विष्णुपुर गाविसको ६, ७, ८ र ९ वडाका रन्जितपुर र गोरगामा रहेका विपन्न, दलित, विधवा र अपाङग गरी १०२ परिवारलाई ब्लाङ्केट समेत वितरण गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल हुने
-
सरकारी विद्यालय सुधार्दै मध्यपुरथिमि : 'बुक फ्रि डे' देखि विद्यार्थीको दुर्घटना बिमासम्मका जनमुखी कार्यक्रम
-
काँधमा भारी, साथमा वस्तुभाउ: बर्खा छल्न र चरनका लागि लेक उक्लिँदै गोठाला
-
सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
-
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण