पतिसँग यौनसम्पर्क नराख्न महिला सांसद्को अपिल, यस्तो छ कारण
केन्या – केन्याकी एक सांसद्ले महिलाहरुलाई आफ्नो पतिसँग यौनसम्पर्क नराख्न अपिल गरेकी छिन् ।
आगामी ८ अगस्तमा हुने चुनावका लागि मतदाताको रुपमा आफ्नो पञ्जिकरण नगरेसम्म पतिहरुलाई सेक्सबाट बञ्चित गर्न आग्रह गरेकी हुन् ।
यस्तो अपिल गर्ने मिशि मबोको तटीय शहर मोम्बासामा महिला प्रतिनिधि हुन् ।
मबोले भनिन्, ‘महिलाहरुले यो रणनीति अपनाउनुपर्छ । यो नै सबैभन्दा उत्तम हो । तपाइँलाई पतिले आफ्नो मतदाता कार्ड नदेखाएसम्म पतिलाई यौनसम्पर्क गर्न नदिनु ।’
१७ फेब्रुअरी पञ्जिकरणको अन्तिम दिन हो ।
मबोले सेक्स शक्तिशाली हतियार बताउँदै यसले मतदाताका रुपमा दर्ता गर्न अनिच्छुक पुरुषहरुलाई मतदाताको रुपमा पञ्जिकरण गर्न प्रोत्साहित गर्ने बताएकी छिन् ।
त्यहाँ सोमबारबाट पञ्जिकरण शुरु भएको छ ।
स्ट्याडर्ड अखबार छापिएको रिपोर्टअनुसार आफ्नो पञ्जिकरण गरिसकेका पतिलाई भने यसको असर नहुने मबोले बताएकी छिन् ।
केन्यामा राष्ट्रपति उहूरु केनयट्टा दोस्रो कार्यकालका लागि चुनाव लड्दैछन् ।
उनलाई मबोको पार्टी ओडीएमसमेत विपक्षी दलहरुको गठबन्धको समर्थनबाट उभिने उम्मेद्वारबाट चुनौती हुन सक्छ ।
केन्यामा यौनसम्पर्क बहिस्कारको अपिल सामान्य बनेको छ । सन् २००९ मा पनि महिला कार्यकर्ताले एक हप्तासम्म सेक्स हड्ताल गरेका थिए ।
त्यतिबेला उनीहरुले राष्ट्रपति मबाई किबाकी र प्रधानमन्त्री राइला ओडिंगा र उनको सहयोगबीच देखिएको विवाद समाधान गर्न यस्तो कदम उठाएका थिए । बिबिसीबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल हुने
-
सरकारी विद्यालय सुधार्दै मध्यपुरथिमि : 'बुक फ्रि डे' देखि विद्यार्थीको दुर्घटना बिमासम्मका जनमुखी कार्यक्रम
-
काँधमा भारी, साथमा वस्तुभाउ: बर्खा छल्न र चरनका लागि लेक उक्लिँदै गोठाला
-
सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
-
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण