आर्थिक विकास गर्न अर्थ मन्त्रालयको ‘एक्सन प्लान’
काठमाडौ– अर्थ मन्त्रालयले मुलुकमा समग्र आर्थिक क्षेत्रको विकास गर्ने ‘एक्सन प्लान’ बनाएको छ । ‘समृद्ध नेपालका लागि दीगो आर्थिक विकासको तत्कालिन कार्यन्वयन कार्य योजना’ नामक एक्सन प्लानमा चालु आर्थिक वर्षको बजेटमा राखिएको ६.५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न बजेट कार्यान्वयनमा जोड दिइएको छ ।
सबैजसो कार्यक्रमहरू स्वीकृत भई कार्यान्वयनमा गइसकेकाले आयोजना तथा कार्यक्रमलाई तोकिएको समयमै सम्पन्न गर्न आवश्यक समन्वय र सहजीकरण गर्ने योजनामा उल्लेख गरिएको छ ।
त्यस्तै ठूला र तत्काल प्रतिफल दिने आयोजनाहरूका लागि स्रोतको अभाव हुन नदिइने अर्थमन्त्रालयले जनाएको छ । कुनै पनि बहानामा आयोजना कार्यान्वयनमा ढिलाइ हुन नदिइने तथा दोस्रो चौमासिकको पहिलो दिनदेखि नै आयोजना र कार्यक्रमको अनुगमनलाई तीब्रता दिइने अर्थमनत्रालयको दावी छ ।
त्यस्तै आर्थिक वर्षको अन्त्यमा गरिने नीतिगत र कानुनी सुधारहरूले बजेट कार्यान्वयनलाई सहयोग नगर्ने भएकाले बजेटमा प्रस्ताव गरिएका सबै नीतिगत र कानुनी सुधारका कार्यहरू पौष मसान्तभित्रै सम्पन्न गर्ने मन्त्रालयले जनाएको छ ।
बैंक तथा वित्तीय संस्थाहरूको कार्यप्रणाली व्यवस्थित गर्न बैंक तथा वित्तीय संस्था सम्बन्धी विधेयक व्यवस्थापिका संसदको अधिवेशनबाट पारित गरिएको पनि अर्थमन्त्रालयले जनाएको छ भने बीमा व्यवसायलाई नियमित, गुणस्तरीय, व्यवस्थित र विस्तार गर्न बीमा विधेयक छिटै व्यवस्थापिका संसदमा प्रस्तुत गर्ने तयारी गरेको जनाएको छ ।
बजार अनुगमनलाई अनुगमनमा मात्र सीमित नगरी नतीजा देखिने गरी बजारमा प्रशासनिक उपस्थिति गराउने मन्त्रालयको योजनामा छ ।
त्यस्तै ठूला आयोजनाहरूको कार्यान्वयन, पुनर्निर्माण कार्यमा तीब्रता, स्वरोजगार कार्यक्रमहरूको विस्तार, वित्तीय पहुँचको विस्तार, सामाजिक कार्यक्रमहरूको विस्तार लगायतका उपायहरूद्वारा आन्तरिक रोजगारीको सिर्जना गर्ने योजना बनाएको छ । वार्षिक ४ लाख ५० हजार श्रमशक्ति श्रम बजारमा आउने भएकाले तिनका लागि उपयुक्त रोजगारीको सिर्जना गरिने मन्त्रालयको योजनामा परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल हुने
-
सरकारी विद्यालय सुधार्दै मध्यपुरथिमि : 'बुक फ्रि डे' देखि विद्यार्थीको दुर्घटना बिमासम्मका जनमुखी कार्यक्रम
-
काँधमा भारी, साथमा वस्तुभाउ: बर्खा छल्न र चरनका लागि लेक उक्लिँदै गोठाला
-
सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
-
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण