जनताको मत प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिमै : डा. भट्टराई
काठमाडौं – नयाँ शक्ति पार्टीले संविधान संशोधनमार्फत जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा जनदबाब सिर्जना गर्न हस्ताक्षर अभियान सुरु गरेको छ ।
पार्टीका संयोजक डा. बाबुराम भट्टराईले बुधबार काठमाडौंको बबरमहलबाट हस्ताक्षर संकलन अभियानको शुभारम्भ गर्दै विगत २५ वर्षमा २३ वटा सरकार परिवर्तन भइसकेको र संविधान जारी भएपछि पनि एक वर्षभित्र तीनवटा सरकार परिवर्तन भइसकेको सन्दर्भमा यो प्रणालीले मुलुकलाई निकास नदिने बताए । उनले भने ‘यसबाट देशमा कुनै राजनीतिक स्थिरता र स्थायित्व हासिल हुन सक्दैन आर्थिक समृद्धिको सपना र अठोट पूरा गर्नका निम्ति शासकीय स्वरुपमा परिवर्तन गर्नुको विकल्प छैन ।’
भटराइले भने, ‘जनताको सुझाव पनि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुनुपर्छ भन्ने थियो, संसदलाई पूर्ण रुपले समानुपातिक बनाउने र सरकार, जो कार्यकारी हुन्छ त्यो जनताको मतबाट प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्नुपर्छ, यो नै नेपालको विशिष्टता अनुसारको उत्कृष्ट मोडेल हो ।’
संयोजक भट्टराईले शासकीय स्वरुपमा परिवर्तन नगरेसम्म समृद्धि हासिल नहुने भएकोले नयाँ शक्ति पार्टीले पूर्ण समानुपातिक संसद र प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको पक्षमा देशव्यापी हस्ताक्षर संकलनमा सहभागि हुन सवैलाई आग्रह समेत गरे ।
नयाँ शक्तिले माघ महिना अवधिभर चल्ने घरघरमा नयाँ शक्ति अभियानसँगै जनस्तरबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको पक्षमा १० लाख हस्ताक्षर संकलन गरी सरकारलाई बुझाउने योजना अनुरुप अभियानको सुरुवात गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल हुने
-
सरकारी विद्यालय सुधार्दै मध्यपुरथिमि : 'बुक फ्रि डे' देखि विद्यार्थीको दुर्घटना बिमासम्मका जनमुखी कार्यक्रम
-
काँधमा भारी, साथमा वस्तुभाउ: बर्खा छल्न र चरनका लागि लेक उक्लिँदै गोठाला
-
सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
-
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण