अमेरिकका पूर्वराष्ट्रपति बुस अस्पताल भर्ना
बुधबार, ०५ माघ २०७३, १७ : २८
वासिङटन - अमेरिकाका पूर्वराष्ट्रपति जर्ज एच.डब्लु.बुस अस्पताल भर्ना भएका छन् । ९२ वर्षका बुसलाई होस्टनस्थित अस्पतालमा भर्ना गरिएको स्थानीय सञ्चार माध्यमहरुले बुधबार जनाएका छन् ।
उहाँको स्वास्थ्य अवस्थास्थिर रहेको र सुधार भइरहेको अस्पतालका प्रमुख जेन बेकरले जानकारी दिए ।
उनलाई अहिले अस्पताल भर्नागर्नुको कारणका बारेमा केही बताइएको छैन । पूर्वराष्ट्रपति बुसलाई यसअघि पनि पटकपटक भर्ना गरिएको थियो ।
जीवित चार जना पूर्वराष्ट्रपतिमध्ये उनी सबैभन्दा बढी उमेरको छन् । उनी सन् १९८९ देखि १९९३ सम्म अमेरिकाको राष्ट्रपति बनेका थिए । उनका छोरा जर्ज डब्लु बुसले पनि सन् २००१ देखि २००९ सम्म राष्ट्रपतिको जिम्मेबारी सम्हालेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल हुने
-
सरकारी विद्यालय सुधार्दै मध्यपुरथिमि : 'बुक फ्रि डे' देखि विद्यार्थीको दुर्घटना बिमासम्मका जनमुखी कार्यक्रम
-
काँधमा भारी, साथमा वस्तुभाउ: बर्खा छल्न र चरनका लागि लेक उक्लिँदै गोठाला
-
सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
-
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण