बिरामीलाई उपचार गराउन नमानेको आरोपमा नर्भिक अस्पतालको स्पष्टिकरण
काठमाडौ –थापाथलीस्थित नर्भिक इनटरनेश्लन अस्पतालले अस्पतालमा आउने विरामीहरुलाई गुणस्तरीय सेवा प्रबाहमा कुनै सम्झौता नहुने बताएको छ । आज अस्पताल परिसरमै पत्रकार सम्मेलन गरी नर्भिकले विभिन्न चुनौतिका बाबजुद पनि सेवा दिने विषयमा अस्पतालले कुनै कमी नल्याएको बताएको हो ।
पत्रकार सम्मेलनमा अस्पतालका कार्यकारी निर्देशक राजेन्द्र बहादुर सिंहले जाजरकोट निवासी देवबहादुर सिंह ठकुरीको स्वास्थ्य उपचारसम्बन्धी केही संचारमाध्यममा आएको समाचारप्रति अस्पतालको गम्भिर ध्यानाकर्षण भएको भन्दै समचारमा आएजस्तो व्यवहार अस्पताल र अस्पतालका कर्मचारीबाट नभएको बताए ।
सिंहले ठकुरीको उपचारको सम्पूर्ण जिम्मा अस्पतालले लिएको भन्दै उनलाई निको बनाएर मात्रै घर पठाउने पनि बताए ।
पत्रकार सम्मेलनमा विरामीका आफन्त करवीर शाहीले डाक्टरले भनेको र बिरामीले बुझेकोमा अन्तर आएकाले समस्या देखिएका बताउँदै समाचारमा आए जस्तो वास्तविकता नभएको बताए । विरामीको स्वास्थ्यमा समेत क्रमिक सुधार भएको उनले बताएका थिए ।
यसैवीच नर्भिक अस्पतालले बेड संख्या बढाएर तीनसय शैयाको बनाउने भएको छ । हाल १५० शैयाको अस्पतालमा बेड थपेसगै एमआरआई सेवा समेत अस्पतालमै उपलव्ध गराउने भएको छ । त्यस्तै सरकारले हालै ल्याएको गरीवलाई १० प्रतिशत निशुल्क स्वाथ्य सेवा लागु गर्नेमा पनि नर्भिक पहिलो नीजि अस्पताल भएको दावी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल हुने
-
सरकारी विद्यालय सुधार्दै मध्यपुरथिमि : 'बुक फ्रि डे' देखि विद्यार्थीको दुर्घटना बिमासम्मका जनमुखी कार्यक्रम
-
काँधमा भारी, साथमा वस्तुभाउ: बर्खा छल्न र चरनका लागि लेक उक्लिँदै गोठाला
-
सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
-
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण