उमेर हदबन्दी नहटाए निर्वाचन प्रक्रिया रोक्ने नेविसंघको चेतावनी
काठमाडौँ – नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि लागू गरेको उमेर हदसम्बन्धी व्यवस्था तत्काल हटाउन माग गरेको छ ।
नेविसंघले बुधबार पत्रकार सम्मेलन गरी उमेर हदसम्बन्धी व्यवस्था नहटाए निर्वाचन प्रक्रिया अघि बढाउन नदिने चेतावनी समेत दिएको छ ।
त्रिभुवन विश्व विद्यालयले स्ववियू निर्वाचनको उम्मेदवार बन्न २८ वर्ष उमेर पुग्नैपर्ने व्यवस्था गरेपछि त्यसलाई नहटाए निर्वाचन प्रक्रिया अघि बढाउनै नदिने चेतावनी काँग्रेस आवद्ध विद्यार्थी संगठन नेवि संघले दिएको हो । नेविसंघका अध्यक्ष
नैनसिंह महरले लामो समयदेखि निर्वाचन गर्न नसकेको त्रिविले आफूखुशी उमेर हद लगाएर अन्याय गरेको भन्दै आपत्ति जनाए ।
उनले आफ्नै कम्जोरी लुकाउन विश्वविद्यालयले एकलौटी ढंगबाट उमेरहद लगाउन गरेको निर्णय मान्य नहुने चेतावनीसमेत दिए ।
नेविसंघले स्ववियु निर्वाचनमा मिश्रित निर्वाचन प्रणालीको व्यवस्था गर्न पनि माग गरेको छ । त्रिभुवन विश्वविद्यालयले फागुन १४ गते स्ववियू निर्वाचनको मिति पनि घोषणा गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल हुने
-
सरकारी विद्यालय सुधार्दै मध्यपुरथिमि : 'बुक फ्रि डे' देखि विद्यार्थीको दुर्घटना बिमासम्मका जनमुखी कार्यक्रम
-
काँधमा भारी, साथमा वस्तुभाउ: बर्खा छल्न र चरनका लागि लेक उक्लिँदै गोठाला
-
सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
-
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण