अभिनयमा जम्प मार्दै निशा
काठमाडौं – एक दर्जन हाराहारीको म्युजिक भिडियो अभिनय गरेकी धरानकी निशा राई पछिल्लो समय व्यावसायिक मोडलका रुपमा आफुलाई उभ्याउन सफल छिन् ।
जीवनलाई संघर्षको कठोर यात्रा को रुपमा बुझेकी उनी अभिनयको सपना पालेर करिब १० वर्ष अगाडि काठमाडौं छिरेकी हुन् । बसुन्धारामा रहेको डान्स एडिक्सनमा नृत्यको प्रशिक्षण सहित अभिनयमा होमिएकी उनी पूर्वको भए पनि पश्चिमेली लोक गीतहरुमा निकै उम्दा मोडेलको रुपमा जमेकी छन् ।
पश्चिमका चर्चित कलाकार रामजी खाँड, प्रेमसागर पौडेललगायतका स्रष्टाहरुसँग काम गरिसकेकी उनले हाँस्य कलाकार सुरवीर पण्डित (दारी बुढा), निरु खड्का (निर्मली)सँग पनि स्क्रिन शेयर गरिसकेकी छन् ।
‘के आयो जमना’, ‘बैंशालु मनको कुरा’, ‘आयो तीजको लहर’जस्ता गीतका म्युजिक भिडियोको अलावा लघु चलचित्रमा समेत अभिनय गरिसकेकी उनको हातमा अहिले केही टेलिसिरियल समेत परेका छन् । जसको काम गर्ने तरखरमा उनी छिन् ।
गाउँको सोझासिदा नागरिकहरुले भोगेको पीडा पर्दामा साट्न मन पराउने उनी अभिनयमा आफु पुरक नभएको बताउँछिन् । उनी भन्छिन् ‘ सो पूरा गर्न अब टेलिसिरयलमा देखिन लागेकी हुन् । टेलिसिरयल पछि ठुलो पर्दामा जाने पनि उनको सोच रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल हुने
-
सरकारी विद्यालय सुधार्दै मध्यपुरथिमि : 'बुक फ्रि डे' देखि विद्यार्थीको दुर्घटना बिमासम्मका जनमुखी कार्यक्रम
-
काँधमा भारी, साथमा वस्तुभाउ: बर्खा छल्न र चरनका लागि लेक उक्लिँदै गोठाला
-
सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
-
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण