हिले धनकुटामा खुल्यो सुविधा सम्पन्न होराइजन माउण्टेन रिसोर्ट
काठमाडौँ – पूर्वको पर्यटकीय क्षेत्र धनकुटा हिलेस्थित त्रिशुलेमा अत्याधुनिक सुविधासम्पन्न होटल होराइजन माउण्टेन रिसोर्ट सञ्चालनमा आएको छ ।
पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष के.पी. शर्मा ओलीले बुधवार होटलको समुद्घाटन गरेका छन् ।
व्यवसायी रेवत बहादुर थापाले करीब २० करोड रुपैयाँको लागतमा रिसोर्टको निर्माण तथा सञ्चालन गरेका हुन् ।
करीब ४२ रोपनी क्षेत्रफलमा फैलिएको सो रिसोर्टमा ३१ कोठाहरु र ६ वटा कटेज रहेका छन् ।
यहाँ एकैपटक २ सय ५० जनालाई सेवा दिन सकिने सेमिनार हल छ भने आफ्नै मल्टिकुजिन रेष्टुराँ पनि रहेको छ । रिसोर्टमै ज्याकुजी र सौनाको सुविधा पनि उपलब्ध छ ।
यहाँ करीब ५० जनाले प्रत्यक्षरुपमा रोजगारी पनि पाउने छन् । पूर्वको चर्चित पर्यटकीय गन्तव्य हिलेलाई चिनाउने उद्देश्यले रिसोर्ट खुल्नु सकारात्मक रहेको उद्घाटन समारोहमा सहभागीले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल हुने
-
सरकारी विद्यालय सुधार्दै मध्यपुरथिमि : 'बुक फ्रि डे' देखि विद्यार्थीको दुर्घटना बिमासम्मका जनमुखी कार्यक्रम
-
काँधमा भारी, साथमा वस्तुभाउ: बर्खा छल्न र चरनका लागि लेक उक्लिँदै गोठाला
-
सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
-
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण