राजेश पायलसँगै दर्जन कलाकारले जितपुर थर्काउने
बुधबार, ०५ माघ २०७३, ०६ : १८
काठमाडौं – पछिल्लो समय बिदेशी कार्यक्रममा ब्यस्त गायक राजेश पायल राइले जितपुरमा थकाउने भएका छन् । धनकुटाको अर्खौले जितपुरमा आयोजना हुने ‘श्री वसन्त पञ्चमी मेला २०७३’ उनले आफ्ना नयाँ तथा पुराना गीत मार्फत जितपुर थर्काउने भएका हुन् ।
यहि माघ १४ देखि १९ गतेसम्म आयोजना हुने मेलामा गायक राजेश पायल राइका अलवा तुलसी पराजुली, गंगा बर्धन, बिनोद खम्र्ब, राम रेप्चुङ्ग राइ, राकेश किराँती, अमृता लिम्बू, हेमु स्मृति चोङ्वाङलगायत गायक गायिकाले पनि आफ्नो धमाकेदार सांगीतिक प्रस्तुति पस्कने छन् । सोही कार्यक्रममा हाँस्य कलाकार समेत रहेका नारद खतिवडाले बिभिन्न गीतका साथमा हाँस्य प्रस्तुति राख्ने आयोजकले जनाएको छ ।
कृषि, पर्यटन र ब्यापारको राम्रो सम्भावना बोकेको पुर्बाञ्चलको अर्खौले जितपुरलाई सबैमाझ परिचित गराई यहा उत्पादित रुद्राक्ष, अलैंची, चीया, अदुवा, अम्लिसो, नुडल्स, स्वास्थ्य शिक्षा, लोक्ता, सुगन्धित तेल तथा विभिन्न फलफूलहरुको बजार बिस्तार गर्ने उदेश्यले मेला आयोजना गर्न लागिएको हो ।
जितपुर क्याम्पस जितपुरको ब्यवस्थापन सहयोगार्थ आयोजना हुन लागेको मेलाको आयोजक जितपुर बजार ब्यवस्थापन समिति र गाउँ खेलकुद बिकास समिति रहेको छ । मेलामा सांगीतिक प्रस्तुति अलवा विभिन्न खेलकुद, सांस्कृतिक प्रदर्शन समेत हुने कार्यक्रमका संयोजक कुसुम तुम्बाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल हुने
-
सरकारी विद्यालय सुधार्दै मध्यपुरथिमि : 'बुक फ्रि डे' देखि विद्यार्थीको दुर्घटना बिमासम्मका जनमुखी कार्यक्रम
-
काँधमा भारी, साथमा वस्तुभाउ: बर्खा छल्न र चरनका लागि लेक उक्लिँदै गोठाला
-
सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
-
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण