सुकुम्बासीलाई हटाउन खोजेकोमा आपत्ति
भक्तपुर – भक्तपुरको मध्यपुर ठिमी नगरपालिका—१६ स्थित मनोहरा खोलाको जग्गामा २०५८ सालदेखि बस्दै आएका सुकुम्बासीहरुलाई उठाउने प्रयास भइरहेको भन्दै किराती राष्ट्रिय मुक्ति मोर्चाले आपत्ति प्रकट गरेको छ ।
मोर्चाले विज्ञप्ति जारी गर्दै खोला किनारमा १२ बर्षदेखि बस्दै आएका ८ सय परिवार सुकुम्बासीहरुलाई अर्को व्यवस्थापनको योजनाविन जबरजस्ति उठाउने प्रयास भइरकोमा मोर्चा घोर भ्रत्सना गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘सुकुम्बासीहरुलाई दुःख दिने काम तुरुन्त बन्द गर्न मनोहरा जग्गा एकीकरण आयोजना, जिल्ला प्रशासन तथा सम्बन्धित सवैलाई यो विज्ञप्ति मार्फत जोडदार माग गर्दछौ ।’
मनोहरा सुकुम्बासी बस्तिमा हाल ८ सय घरटहरा भएपनि ११ सय परिवारमा ५ हजार भन्दा बढीको बसोबास रहेको छ ।
खोला किनारमा करिव २१४ रोपनि खाली जग्गा भएपनि सुकुम्बासीहरुले करिव १ सय रोपनि जग्गामा घरटहरा बनाइ बसोबास गर्दै आएका छन् ।
सुकुम्बासीहरु अधिकांस मजदूरी गरेर जिविको पार्जन गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल हुने
-
सरकारी विद्यालय सुधार्दै मध्यपुरथिमि : 'बुक फ्रि डे' देखि विद्यार्थीको दुर्घटना बिमासम्मका जनमुखी कार्यक्रम
-
काँधमा भारी, साथमा वस्तुभाउ: बर्खा छल्न र चरनका लागि लेक उक्लिँदै गोठाला
-
सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
-
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण