राष्ट्रपतिसँग बिदाइ भेट
बुधबार, ०५ माघ २०७३, ०८ : ५६
काठमाडौँ, । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालका लागि इन्डोनेसियाका गैरआवासीय राजदूत इवान वीरनता आत्मदजाले राष्ट्रपति कार्यालय, शीतल निवासमा आज शिष्टाचार बिदाइ भेट गरेका छन् ।
सो अवसरमा उनीहरुबीच नेपाल–इन्डेनेसियाबीचको सम्बन्ध, सहयोगका साथै पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
राष्ट्रपतिले नेपाल–इन्डोनेसिया सम्बन्ध विस्तारमा राजदूत आत्मदजाले निर्वाह गरेको भूमिकाको सराहना गरे । भेटमा नेपालका लागि इन्डोनेसियाका अवैतानिक वाणिज्य दूत चन्द्रप्रसाद ढकाल र राष्ट्रपतिको कार्यालयका उच्च अधिकारीको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल हुने
-
सरकारी विद्यालय सुधार्दै मध्यपुरथिमि : 'बुक फ्रि डे' देखि विद्यार्थीको दुर्घटना बिमासम्मका जनमुखी कार्यक्रम
-
काँधमा भारी, साथमा वस्तुभाउ: बर्खा छल्न र चरनका लागि लेक उक्लिँदै गोठाला
-
सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
-
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण