थारु महोत्सव : मुसाको चट्नीदेखि अनादीको भातसम्म
दाङ– नेपालमै पहिलो पटक दाङको चखौरामा हुन लागेको थारु माघी सांस्कृतिक महोत्सव २०७३ को सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।
बड्घर भलभन्सा महटँवा महासंघ केन्द्रिय समितिले तुलसीपुरमा पत्रकार सम्मेलन गरि माघ ११ र १२ गते हेकुली गाविस ८ चखौरामा हुने सांस्कृतिक महोत्सवको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिएको हो ।
महोत्सवमा मुसाको चट्नी देखी अनदिको भातको समेत व्यवस्था गरिने महासंघका केन्द्रिय अध्यक्ष तथा सांसद डिल्ली बहादुर चौधरीले जानकारी दिए ।
महोत्सवमा ढिक्रि, घोंघी, गँगटा, बयरको चट्नी, जाँरको झोल लगाएतका खानाको परिकारको व्यवस्था गरिने छ । महोत्सवमा २० वटा स्टल राखिने छ ।
स्टलमातोरी पेल्ने काठको कोल, लरी, माटाका भाँडाकुँडा, तथा हस्तकलाका समाग्रीहरु ढकीया, डेल्वा, हेल्का, जाल, टापी प्रदर्शनीका रुपमा राखिने छ । त्यसैगरी राना, देउसरिया, कठरिया, देउखुरिया, डँगौरा थारुको भेषभूषा तथा गरगहनाहरुको प्रदर्शनी पनि मुख्य आकर्षकका रुपमा रहने छन् ।
महोत्सवको दुइ दिन दुइ रात सम्म बर्कानाच, झुम्रा नाचा, छोक्रा नाच, हुर्दङ्गगा नाँच, सखिया नाच, पैयाँ नाच, मोरङ जिल्लाको मोरंग्या नाच, चितवनको थारु नाच, भारतको चम्परान जिल्लाको थारु नाच लगाएत ३ सय बढी नाच देखाइने अध्यक्ष चौंधरीले जानकारी दिए । महोत्वसमा छिमेकी भारत सहित देशका विभिन्न भागबाट गरि ४ हजार थारु समुदायका मटहवाहरुको सहभागिता रहने छ ।
यसैबीच महोत्सवको उद्घाटन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्ने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा इस्कोनका सञ्चालक पक्राउ
-
ट्रम्पको घोषणापछि विश्वभरका बजारमा हरियाली : एसिया-प्रशान्त क्षेत्रका सेयर बजारमा उछाल
-
सातै प्रदेशको बजेट आज आउँदै : कुन प्रदेशको कति बजे ?
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पीपीएमा सरकारको नीतिगत कडाइ : आयोजना ओगट्ने तर काम नगर्नेको लाइसेन्स खारेज हुने
-
रौतहटमा साढे ५ किलो गाँजासहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण