यसकारण पड्किन्थ्यो नोट सभेन : के छ सामसुङको रिपोर्टमा ?
सिओल – सामसुङको ग्यालेक्सी नोट सेभेन तातिने र पड्किने समस्याबारे अध्ययन गर्न बनेको समितिले फोनको ब्याट्रीमा देखिएको कारण सो घटना हुने गरेको निश्कर्ष निकालेको छ ।
फोनमा समस्या देखिएपछि गत अक्टोबरमा कम्पनीले नोट सेभेनको उत्पादन बन्द गरेको थियो ।
यस प्रकरणमा कोरियाली कम्पनीलाई ५.३ बिलियन डलर घाटा लागेको र छविमा ठूलो धक्का लागेको थियो ।
सोमबार कम्पनीले फोनको कुनै सफ्टवेयर वा हार्डवेयर नभएर ब्याट्रीका कारण यस्तो समस्या देखिएको बताएको हो ।
कम्पनीको आफ्नै र बाहिरी अध्ययनले यस्तो निश्कर्ष निकालेको सामसुङले एक विज्ञप्तिमार्फत जनाएको छ ।
कम्पनीका अनुसार ब्याट्रीका डिजाइन र उत्पादन दुवैमा समस्या देखिएको छ ।
ब्याट्रीमा पर्याप्त इन्सुलेसन सामग्री नभएको र त्यसको डिजाइनले गर्दा ब्याट्रीको इलेक्ट्रोडहरुलाई सुरक्षीत रुपमा राख्न पर्याप्त स्थान नभएको अध्ययनले देखाएको छ ।
सामसुङले गल्तीको सबै जिम्मेवारी लिँदै यस्तो गल्तीलाई आगामी दिनहरुमा घट्न नदिन सर्तकता अपनाउने बताएको छ । नयाँ एस ८ मा यस्तो समस्या नदेखिने कम्पनीको दाबी छ ।
सामसुङले कुन कम्पनीबाट ब्याट्री लिने गरेको भन्ने कुरा खुलाएन ।
एप्पलको आइफोनलाई टक्कर दिन अगस्त २०१६ मा सामसुङले ग्यालेक्सी नोट सेभेन लञ्च गरेको थियो । तर, फोनमा समस्या देखिएपछि सेप्टेम्बरमा २५ लाख फोन फिर्ता लिनुपरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सुपर सब’ डियालो चम्किँदा आइभोरी कोस्ट विजयी
-
अमेरिका र इरानबिच युद्धविरामको सहमति : शुक्रबार औपचारिक रूपमा हस्ताक्षर गर्ने कार्यक्रम
-
राष्ट्रिय सभामा बजेटमाथिको छलफल जारी : आज अर्थमन्त्री वाग्लेले जवाफ दिने
-
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल हुने
-
सरकारी विद्यालय सुधार्दै मध्यपुरथिमि : 'बुक फ्रि डे' देखि विद्यार्थीको दुर्घटना बिमासम्मका जनमुखी कार्यक्रम
-
काँधमा भारी, साथमा वस्तुभाउ: बर्खा छल्न र चरनका लागि लेक उक्लिँदै गोठाला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण