प्रिमियर लिगमा अनौठो किर्तिमान : साढे ३ वर्षपछि रोडवेलको पहिलो जीत
आइतबार, २३ माघ २०७३, ०९ : ५१
लण्डन – ज्याक रोडवेलले आफूले शुरुवात गरेको प्रिमियर लिगको खेल १ हजार ३ सय ७० दिनपछि पहिलो पटक जितेका छन् ।
२५ वर्षीय सण्डरल्याण्डका मिडफिल्डरले क्रिस्टिल प्यालेलाई ४–० हराउँदा टोलीमा समावेश थिए ।
यसअघि ३ वर्ष ८ महिना २९ दिन पहिले म्यान्चेस्टर सिटीले खेल जित्दा उनी टोलीमा समावेश थिए । सन् २०१३ को मे ७ मा सिटीले वेट ब्रोमलाई हराएको थियो ।
त्यसयता उनले खेलेको ३९ खेलमा उनको टोली पराजित भएको थियो ।
तर, हिजोको खेलमा उनी घाइते हुँदै हाफटाइममा मैदान छाड्न परेको थियो ।
सन् २०१४को अगस्तमा उनी सन्डरल्याण्ड आएका थिए ।
त्यसयता उनले शुरुवात गरेको कप प्रतियोगिताका खेलमा मात्र जित हासिल गरेका थिए ।
यसअघि यो किर्तिमान डर्बीका ड्यारेन मुर र केनी मिलर तथा एस्टन भिल्लका एलान हटनको नाममा थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण