उद्घाटन भएको एक्कइस दिनमै आयोजनाको नहर भत्कियो, विद्युत् सेवा अवरुद्ध
आइतबार, २३ माघ २०७३, १२ : ५३
जाजरकोट - जाजरकोटकोे गर्खाकोट– ९ मा रहेको छिर्क खोलामा निर्माण भएको पिको जल विद्युत् आयोजना उद्घाटन भएको एक महिना नपुग्दै नहर भत्किएपछि विद्युत सेवा बन्द भएको छ ।
नहर भत्किएकाले आइतबार बिहानदेखि विद्युत् सेवा अवरुद्ध भएको हो । चार दशमलव पाँच किलोवाट क्षमताको आयोजना सञ्चालनमा आएपछि ६१ घरमा बिजुली बलेको थियो ।
विद्युत् उपभोक्ता समितिका उपाध्यक्ष हर्कबहादुर बुढाका अनुसार नहर मर्मत गर्न आर्थिक अभाव भएको र तत्काल कतैबाट सहयोग हुने स्थिथि नभएकाले विद्युत् सेवा नियमित गर्न समय लाग्ने जानकारी दिए।
निर्माणको क्रममा गुणस्तरमा ख्याल नगरेकाले समस्या आएको स्थानीय बासिन्दाले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण