बँदेलको समूहले बालीनाली सखाप पार्दै
कञ्चनपुर - शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट मध्यवर्ती क्षेत्रका किसानका खेतमा बँदेलको समूहले बालीनालीमा नोक्सानी पु¥याउन थालेको छ ।
निकुञ्जको मध्यवर्ती क्षेत्र बेलडाँडी, झलारी पिपलाडी, बेदकोट क्षेत्रका किसानका खेतबारीमा जङ्गलबाट आएका बँदेलले गहुँ, मटर, मसुरो लगायतका बाली खाएर नोक्सानी पु¥याएको हो ।
दैनिक साँझ नपर्दै खेतबारीमा छिर्ने बँदेलको समूहले एक बिगाहा बढी क्षेत्रफलमा लगाएको गहुँ र मसुरो खानुका साथै खेतबारी फाँडेर नोक्सानी पु¥याएको बेलडाँडीका किसान मदनराज भट्टले बताए।
वर्षमा दुई पटक मात्रै खेतमा बाली लगाउँछौं उनले भने, “सबै बाली निकुञ्जका संरक्षित जनावरले खाएर सखाप पार्ने गरेकाले परिवार पाल्नका लागि मजदुरी गर्नु परेको छ ।” अन्न फलाउनका लागि प्रर्याप्त जग्गा भए पनि जनावरका कारण अन्न खरिद गरेर परिवार पाल्नुपरेको उनको गुनासो छ ।
कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्रको आरक्ष किनारका बस्तीमा बँदेलले किसानको सयौँ बिघा जमिनमा लगाएको बालीनाली नोक्सान पु¥याउँदै आएको छ ।
बेदकोट नगरपालिकाका चम्फापुरका किसान प्रकाश राना समेत निकुञ्जबाट खेतमा छिर्ने बँदेल, चितल र निलगाईले गहुँबालीका नोक्सानी पु¥याउँदै आएको बताउँछन् ।
रानाका परिवारले खेतमै बनाइएको मचानमा रातभर पालैपालौ मिलाएर जनावर भगाउने गरेका छन् । एकथरी जनाबर भगायो अर्कोथरीले खेतमा छिरेर नोक्सानी पु¥याउने गरेको उनले बताए । यस क्षेत्रका झन्डै दुई दर्जन बढी किसानको तीन बिगा बढी खेतमा जङ्गली जनावरले गहुँबालीमा नोक्सानी पु¥याएको छ । यसैगरी, झलारी पिपलाडी नगरपालिका– ३ पिपलाडीका किसानको खेतमा समेत बँदेलले दिउँसै नोक्सानी गर्दै आएको स्थानीय मनराखु चौधरीले बताए । निकुञ्ज कार्यालयले जङ्गली जनावरले पु¥याएको क्षतिको मूल्याङ्कनका आधारमा क्षतिपूर्ति उपलव्ध गराउनु पर्ने यहाँका किसानको माग छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण