स्थानीय तह पुनः संरचनाको विरोधमा शङ्खरापुर नगरपालिकामा तालाबन्दी
काठमाडौँ - स्थानीय तह पुनः संरचना आयोगले सरकारलाई पेस गरेको प्रतिवेदनमा शङ्खरापुर नगरपालिकालाई कागेश्वरी मनोहरा नगरपालिकामा गाभेको भन्दै नगरवासीले नगरपालिका र वडा कार्यालयमा तालाबन्दी गरेका छन् ।
ऐतिहासिक, सांस्कृतिक र पौराणिक हिसाबले महत्वपूर्ण शङ्खरापुर नगरपालिकाको अस्तित्व मेटाउन खोजिएको भन्दै आज कार्यालय समय सुरु हुने बित्तिकै तालाबन्दी गरिएको स्थानीयवासी पवनलाल श्रेष्ठले राससलाई जानकारी दिए।
रुपेशलाल श्रेष्ठको संयोजकत्वमा २५ सदस्यीय दबाब समूह गठन गरी नगरपालिका कार्यालय र सबै वडा कार्यालयमा तालाबन्दी गरिएको हो ।
आयोगले सरकारलाई प्रतिवेदन बुझाएको भोलिपल्टै यस क्षेत्रबाट प्रत्यक्ष निर्वाचित सांसद दीपकप्रसाद कुइँकेलको संयोजकत्वमा सबै दलका प्रतिनिधि सदस्य रहेको शङ्खरापुर नगरपालिका बचाउ सङ्घर्ष समिति गठन भएको थियो । कान्तिपुरमा बस्ती बस्नु अगावै राजा शङ्खदेवले सात गाउँ र हजार घरको दाहिने शङ्ख आकारको सहर बसालेकाले यसको ऐतिहासिक अस्तित्व मेटाउन नहुने सांसद कुइँकेल बताउँछन् ।
“शङ्खरापुर नगरपालिकामा सिन्धुपाल्चोकको सीमासँग जोडिएका पटाप र नाङ्लेभारे जस्ता स्थान छन्, यस्तो विकट भौगोलिक बनावट भएको ठाउँमा जनसङ्ख्यालाई मात्र आधार बनाएर नगरपालिका बनाइनुहुन्न”–उनले भने । इलाकालाई आधार मानेर भौगोलिक बनावटलाई पनि ध्यान दिँदै यसअघि नगरपालिकामा क्रियाशील सबै राजनीतिक दलको सहमतिमा शङ्खरापुर नगरपालिका नै हुनुपर्ने जिल्ला प्राविधिक सहयोग समितिमा सिफारिस गरिएकोमा आयोगले गाभेर प्रतिवेदन बुझाएपछि विरोध गर्नुपरेको स्थानीयवासीको भनाइ छ ।
नगर कायम नभएसम्म ताला नखोलिने संयोजक श्रेष्ठले जानकारी गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण