मध्यमाञ्चल क्षेत्रमा दुर्घटना बढ्दो : दैनिक एक हजार दुर्घटना
वीरगन्ज - वर्षैपिच्छे सवारी साधनको सङ्ख्या बढ्दै जानु, नियम विपरित सवारी चलाउनु, सडकको अवस्था जीर्ण हुनु तथा अत्यधिक गतिमा सवारी चलाउनु जस्ता कारणले मध्यमाञ्चल क्षेत्रका १६ जिल्लामा सवारी दुर्घटना बढ्दै गएको छ ।
मध्यक्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैयाका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा सवारी दुर्घटनाबाट ३८६ जनाको मृत्यु भएको छ । सो अवधिमा चारसय ७५ वटा सवारी दुर्घटनाको घटना घटेका थिए । दुर्घटनामा परी तीन सय ८६ जनाको मृत्यु, ५१५ जना गम्भीर घाइते तथा ५२६ जना सामान्य घाइते भएका थिए ।
कार्यालयले सोही अवघिमा दुई लाख आठ हजार ५०० एक सवारी साधनलाई कारबाही गरी रु १४ करोड ७१ लाख नौ हजार पाँच सय राजस्व सङ्कलन गरेको छ ।
यसैगरी अघिल्लो आर्थिक वर्षमा मध्यमाञ्चल क्षेत्रको १६ जिल्लामा ९३७ वटा सवारी दुर्घटना भएकोमा सोबाट ५२५ जनाको मृत्यु, १०२१ जना गम्भीर घाइते तथा ९८८ जना सक्त घाइते भएका थिए । सोही वर्ष कार्यालयले तीन लाख १९ हजार चार सय ५१ सवारी साधनलाई कारबाही गरी रु १७ करोड ३९ लाख ८८ हजार ७५० राजस्व सङ्कलन गरेको थियो ।
दैनिकजसो हुने दुर्घटना तथा मृत्युको जिम्मेवार सडक तथा यातायात कार्यालय रहेको भन्दै मध्यक्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रहरी निरीक्षक निशान्त थापाले सडकको अवस्थामा सुधार नआएसम्म दुर्घटना न्यूनीकरण गर्न ग्राहो हुने बताए ।
मध्यक्षेत्रमा दैनिक एक हजार सवारी साधन दुर्घटना हुने गरेको छ । जसबाट दैनिक नौ लाख राजस्व उठ्ने गरेको सो कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण