हलोजुवा र ढिकीजाँतो संरक्षणमा सामुदायिक वन
म्याग्दी - म्याग्दीको एक सामुदायिक वन उपभोक्ता समूहले वन पैदावरको प्रयोग गरी स्वावलम्बी हुने उद्देश्यले हलोजुवा र ढिकीजाँतो संरक्षण अभियान सुरु गरेको छ ।
जिल्लाको बेनी नगरपालिका–१० तोरीपानीमा अवस्थित घोर्लास सामुदायिक वन उपभोक्ता समूहले वनमा खेरजाने काठको उपयोग गरी हलोजुवा र ढिकीजाँतो बनाई बिक्री गर्नुका साथै हलोजुवा र ढिकीजाँतो बनाउनेलाई आवश्यक सहयोगसमेत गर्दै आएको छ ।
एक सय ५८ घरधुरी उपभोक्ता रहेको सो सामुदायिक वनमा ६ जनाको संलग्नता रहने गरी विभिन्न २५ वटा समूह गठन गरी टिमुरखेती गरिएको घोर्लास सामुदायिक वनका सचिव इब गिरीले जानकारी दिए ।
गिरीका अनुसार तीन हेक्टर क्षेत्रफलमा टिमुरको बगैँचा स्थापना गरिएको छ भने उत्पादित बिरुवा जिल्लाका विभिन्न गाउँका साथै छिमेकी जिल्ला बागलुङ, पर्वत, स्याङ्जा र कास्की जिल्लामा समेत निर्यात गर्दै आएका छन् । प्रतिविरुवा रु २० मा बिक्री हुँदै आएको छ ।
त्यसैगरी सोही वन समूहले हलोजुवा उद्योग पनि सञ्चालन गरेका छन् । सो उद्योगमा हलो, जुवा, मोही र अनौ निर्माण गरी बिक्री–वितरण गर्दै आएको सचिव गिरीले बताए । एउटा हलोको रु ६ सय र सेटको (हलो, जुवा, मोही र अनौ) को रु एक हजार मूल्य निर्धारण गरिएको छ ।
त्यस्तै लोप हुन लागेका ढिकीजाँतोको संरक्षण गर्ने उद्देश्यले वन समूहले गाउँमा स्थानीयवासीले प्रयोग गर्नका लागि ढिकीजाँतो पनि स्थापना गरिदिएको छ । अहिले स्थानीयवासीले प्रयोग गर्नका लागि मात्र बनाइएको र बिस्तारै व्यावसायिक रुपमा नै ढिकीजाँतो उद्योग सञ्चालन गर्ने तयारी रहेको सचिव गिरीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण