स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्न ध्यानाकर्षण
आइतबार, २३ माघ २०७३, १५ : १८
काठमाडौँ, - व्यवस्थापिका–संसद्को आजको बैठकको शून्य समयमा सांसद्हरुले तत्काल स्थानीय निकायको निर्वाचन मिति घोषणा गर्न सदन र सरकारको ध्यानाकर्षण गराएका छन् ।
लामो समयदेखि स्थानीय निकायको निर्वाचन हुन नसक्दा विकास निर्माणको कामले गति लिन नसकेको सन्दर्भमा १९ वर्षपछि हुन लागेको निर्वाचनको मिति तत्काल घोषणा गर्नुपर्ने उनीहरुको जोड थियो ।
सरकारले खुट्टा नकमाईकन आवश्यकताअनुसार निर्वाचन मिति घोषणा गर्नु नै अहिलेको प्रमुख राजनीतिक दायित्व रहेको उनीहरुको कथन थियो ।
संविधान कार्यान्वयनका लागि निर्वाचन गर्नुको विकल्प नरहेकाले सरकारले प्रस्ट निर्णय गर्नुपर्ने सांसदहरु भनाइ थियो । यसरी धारणा राख्ने सांसद्हरुमा सुकलदेव सुतियार, सीता गिरी ओली, सूर्यप्रकाश बाला राई, हर्कबोल राईलगायत थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण