रोल्पामा मागअनुसार उपलब्ध छैनन् टेलिकमका सेवा
रोल्पा - नेपाल टेलिकम रोल्पा शाखाले ग्राहकको मागअनुसार ल्यान्डलाइन फोन र एडिएसएल सेवा उपलब्ध गराउन सकेको छैन ।
कार्यालय प्रमुख कैलाश आचार्यका अनुसार लिवाङ एक्सचेन्जमार्फत तीन सय ८० वटा ल्यान्डलाइन फोन र एक सय ८५ वटा एडिएसएल सेवा वितरण भएपनि लिवाङका लागि मात्र करिब सय ल्यान्डलाइन फोन र करिब ८० वटा एडिएसएल अझै अपुग छ ।
जिल्लाको दोस्रो व्यापारिक केन्द्र सुलिचौर बजारमामा हालसम्म करिब एक सय पाँच ल्यान्डलाइनका ग्राहकले सेवा लिँदै आएका छन् भने करिब ६० वटा एडिएसएलका ग्राहकले सेवा लिइरहेका छन् ।
कार्यालय प्रमुख आचार्यका अनुसार सुलिचौर बजारका लागि ल्यान्डलाइन फोन उपलब्ध गराउन सकिने भएपनि सेवाग्राहीबाट माग भएको छैन तर सुलिचौर बजारमा एडिएसएल माग भएपनि पोर्टहरु थप्न नसकिएको हो ।
सेवाग्राहीको मागअनुसार सो कार्यालयले पटक पटक सम्बन्धित निकायमा लिखित तथा मौखिक जानकारी गराउँदै आएपनि सम्बन्धित निकायको ध्यान नपुगेको प्रमुख आचार्यको गुनासो छ । जिल्लामा ४९ गाविस र एक नगरपालिका रहेकामा हालसम्म लिवाङ नगरपालिका र मिझिङ गाविसको सुलिचौर बजारमा मात्र धेरथोर मात्रामा ल्यान्डलाइन फोन र एडिएसएल सेवा उपलब्ध हुँदै आएको छ भने जिल्लाको अर्काे व्यापारिक केन्द्र घर्तीगाउँ बजारमा ल्यान्डलाइन फोन उपलब्ध गराउने तयारी छ ।
जिल्लाका केही सेवाग्राहीले नेपाल टेलिकममार्फत सिडिएमए, वाइम्याक्स, थ्रीजी, आदिबाट समेत इन्टरनेट सेवा लिइरहेको कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण