निर्वाचन गर्न सरकारले आलटाल गर्यो : नेता सिंह
काठमाडौँ - नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले निर्वाचन गर्न सरकारले आलटाल गरेको आरोप लगाएका छन् ।
नेपाली काँग्रेस काठमाडौँ महानगरपालिका– ५ ले आयोजना गरेको सात दिने नेतृत्व विकास तालिमका सहभागीलाई यहाँ आज प्रमाणपत्र वितरण गर्दै उनले भने — “चुनाव गर्ने प्रतिवद्धता अनुसार निर्माण भएको सरकार निर्वाचनको मिति घोषणा गर्न आलटाल गरिराखेको छ ।”
नेता सिंहले “चुनाव गर्ने प्रतिवद्धताअनुसार बनेको सरकार अहिले चुनाव गर्न आलटाल गर्न लागेको हो की भन्ने आशङ्का बढेको छ, त्यसो होइन् भने सरकारले तत्काल चुनावको मिति घोषणा गर्नु पर्छ” भन्दै विभिन्न बहाना देखाएर निर्वाचनबाट पछाडी हटे त्यो नेपाली काँग्रेसलाई मान्य नहुने बताए ।
“सङ्क्रमणकाली व्यवस्थाअनुसार राष्ट्रपति, प्रधानमन्त्री, सभामुख चयन भएजस्तै यही व्यवस्थालाई आधार मानेर भएपनि स्थानीय तहको निर्वाचन गर्नुपर्छ” उनले भने— “लामो समयदेखि नेपाली जनताको त्याग र तपस्याबाट संविधान निर्माण भएकाले यसको प्रभावकारी कार्यान्वयनका लागि तत्काल निर्वाचन गरी मुलुकलाई आर्थिक विकासतर्फ डो¥याउनुपर्दछ ।”
नेता सिंहले ढिलोचाँडो निर्वाचन हुने भन्दै निर्वाचनमा जुट्न कार्यकर्तालाई निर्देशन समेत दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण