फिलिपिन्समा माओवादी विद्रोहीसँगको बार्ता अन्त्य
मिनिला - फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले फिलिपिन्समा विद्रोह गरिरहेको माओवादी विद्रोहीसँगको शान्ति बार्ता अन्त्य गरेका छन् ।
माओवादी विद्रोहीहरुले शान्ति बार्ता अन्त्य भएको घोषणा गरेको केहीदिनपछि राष्ट्रपति डुटेर्टेले पनि सरकारको तर्फबाट बार्ता अन्त्य गरेका हुन् ।
फिलिपिन्समा लामो समयदेखि भएको रक्तपातपूर्ण द्वन्द्वलाई अन्त्य गर्न भन्दै केही समयअघि सरकार र माओवादी विद्रोहीकाबीचमा शान्ति बार्ता सुरुभएको थियो ।
शनिबार साँझ उनले भने, “मैले हाम्रा सिपाइहरुलाई लामो युद्धको तयारी गर्न भनिसकेको छु, हाम्रो पुस्ता रहने बेलासम्म यहाँ शान्ति स्थापना हुने भएन ।”
गत अगस्तमा दुवै पक्षले छुट्टाछुट्टै आ–आफ्नै तरिकाले युद्धविरामको घोषणा गरेका थिए । युद्धविरामपछि रोममा लामो समयसम्म लगातार शान्ति बार्ता भएको थियो ।
सरकारीतर्फबाट युद्धविराम अन्त्य भएको घोषणा गर्नेक्रममा राष्ट्रपति डुटेर्टेले पत्रकारसँग भने, “म ती विद्रोही माओवादीका नेतासँग बार्ता गर्न इच्छुक छैन, अव म कुनैपनि विषयमा उनीहरुसँग कुराकानी गर्न अस्विकार गर्दछु ।”
“हामी ५० वर्षदेखि लडिरहेका छौँ, यदी युद्धलाई तपाईहरु अझै ५० वर्षसम्म लम्व्याउन चाहनुहुन्छ भने हामीपनि सुखीका साथ त्यसको सामना गर्न तयार छौँ ।” विद्रोहीहरुलाई चेतावनी दिँदै उनले भने ।
फिलिपिन्समा कम्युनिष्ट विद्रोहीले सन् १९६८ देखि गरिरहेको विश्वकै सबैभन्दा लामो युद्धका कारण अहिलेसम्म झन्डै ३० हजार जना मारिएको सेनाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण