बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेशमा ५ वर्षलाई कांग्रेस सत्ताबाहिर : प्रमुख प्रतिपक्षी दलको नेतामा को-को आकांक्षी ?

मङ्गलबार, २३ माघ २०७४, १४ : २२
मङ्गलबार, २३ माघ २०७४

काठमाडौं–वामगठन्धन प्रदेश सरकारको तयारीमा जोडतोडले लागिरहँदा नेपाली काँग्रेस भने सुस्त गतिमा प्रदेशमा विपक्षी दलको नेता चयन प्रक्रियामा लागेको छ । 

काँग्रेसका शीर्ष नेताको बैठकले तीन दिनअघि संसदीय दलको नेता चयन र दलको सञ्चालनको विधी मस्यौदा गर्न तीन सदस्यीय समिति गठन गरिएको थियो  । नेता मिनेन्द्र रिजाल संयोजक रहेको समितिमा केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेल र सूचना अधिकारी केशव रिजाल सदस्य छन् । 

प्रदेश २ मा नेपाली काँग्रेसबाट दलको नेता चुन्ने काम सकिएको छ भने राष्ट्रिय सभाको निर्वाचन लगत्तै अन्य प्रदेशका दलको नेता चयन हुने बताइएको छ । चयन हुन बाँकी रहेका प्रदेशहरुमा  दर्जन बढी नेताहरु आकांक्षी देखिएका छन् । ५ वर्षकाे लागि प्रदेश नम्बर २ बाहेकका प्रदेशमा वाम सरकार बन्दै छ भने प्रदेश २ मा मधेसी दलको सरकार बन्दैछ । 

प्रदेश १
प्रदेश १ मा  वाम गठबन्धनले सरकार बनाउने तयारी गर्दै  गर्दा कांग्रेस भने विपक्षी दल बन्ने भएको छ ।  प्रदेश २ मा प्रमुख  प्रतिपक्षी दलका लागि विशेषगरी दुई अनुहार अगाडि देखिएका छन् ।  सुनसरी पार्टी सभापति राजीव कोइराला र मोरङका महाधिवेसन प्रतिनिधि केदार कार्की  प्रमुख प्रतिपक्षी दलको नेताको रुपमा अगाडि देखिएका हुन् । 
 कोइराला सुनसरी २ को ख बाट निर्वाचित भएका थिए भने कार्की मोरङ ६ को ख बाट विजयी भएका थिए । प्रदेश १ बाट प्रदेशसभा सदस्यमा नेपाली  काँग्रेसले प्रत्यक्षमा ८ र  समानुपातितर्फ १३ स्थान जितेको थियो । 
प्रदेश २ 
प्रदेश २ मा काँग्रेस संसदीय दलको नेतामा रामसरोज यादव सोमवार चयन भएका छन् । धनुषा ३ क बाट निर्वाचित यादव धनुषा जिल्ला सभापति पनि हुन् । 
संसदीय दलको नेतामा आकाक्षी देखिएका पर्साका ओमप्रकाश शर्माले पनि यादवलाई समर्थन गरेपछि यादवको वाटो खुलेको थियो । प्रदेश २ मा नेपाली काँग्रेस चौथो स्थानमा रहेको छ । नेपाली काँग्रेसका प्रदेश २ मा १९ सदस्य छन् । प्रदेश सभातर्फ प्रत्यक्षमा आठ स्थान जितेको  काँग्रेसले समानुपातिकतर्फ ११ जनालाई चयन गरेको छ । प्रदेश नम्बर २ मा एक्लाएक्लै भएको अवस्थामा एमाले प्रमुख प्रतिपक्षी दलको रुपमा देखिएको छ ।  २ मा मधेसी दलले सरकार बनाउने तयारी थालेका छन् । 
प्रदेश ३ 
प्रदेश ३ मा वाम सरकार बनाउने तयारी भइरहँदा प्रमुख प्रतिपक्षी दलमा मुख्यतयाः दुई नेताको नाम चर्चामा आएको छ । प्रत्यक्षमा काठमाडौं ४ क वाट जितेका नरोत्तम वैद्य र मकवानपुरबाट समानुपातिकमा परेका इन्द्र वहादुर बानियाँको नाम चर्चामा आएको छ । वैद्य कांग्रेस महासमिती सदस्य हुन् भने वानिया मकवानपुर जिल्ला सभापति हुन् । 
पशुपति विकास कोषमा लामो समय काम गरेका वैद्य काँग्रेसमा सादगाी नेताका रुपमा चिनिन्छन् । पर्यटन र गृह राज्यमन्त्रीको भुमिका निर्वाह गरिसकेका वानियाले भने ‘ विधान तयारीसँगै प्रदेश ३ मा दलको नेता चयन हुन्छ ।’ काँग्रेसमा दलको हस्तक्षेप पनि हुने भएकोले केन्द्रले जसलाई भन्यो त्यहि व्यक्ति हुनसक्ने वताए । 
६६ सिट रहेको प्रदेश ३ मा प्रदेश सभा सदस्यमा काँग्रेसले सात स्थानमा मात्रै जीत निकालेको थियो । समानुपातिक तर्फ छनोट भएका ३ सदस्यसँगै प्रदेश सभामा १० सदस्यले प्रतिनीधित्व गर्ने  भएका छन् । 
प्रदेश ४ 
नवलपुर १ क बाट प्रत्यक्षमा निर्वाचित कृष्णचन्द्र नेपाली र कास्कीबाट समानुपातिकमा छनोट भएका कुमार खड्का प्रदेश ४ को  प्रमुख प्रतिपक्षी दलको आंकाक्षीका रुपमा अघि देखिएका छन् ।
काँग्रेसका पूर्व केन्द्रिय सदस्य समेत रहेका नेपाली नवलपरासी काँग्रेसको ४ पटक जिल्ला सभापति भएका थिए । नेपाली काँग्रेसमा लामो समयको त्यागका कारण दलको नेता चुनिनेमा विस्वस्त रहेको नेपालीले बताए  । अखण्ड पार्टीबाट काँग्रेस प्रवेश गरेका कुमार खड्का पनि ४ नम्बर प्रदेशको प्रतिपक्ष दलको नेतामा अर्का बलियो आंकाक्षी देखिएका छन् । 
कास्कीबाट समानुपातिक सूचीमा परेका खड्का काँग्रेसको आमन्त्रित केन्द्रिय सदस्य समेत हुन् । प्रतिनिधी तथा प्रदेश सभा सदस्य भइसकेका खड्का महिला तथा वालवालिका मन्त्री पनि भएका थिए । 
खड्काले प्रतिपक्ष दलको नेतालाई दलले औपचारिक निर्णय नगरिसकेको जनाउँदै संसद र मन्त्रीको अनुभव संगालिसकेकोले आफू प्रमुख दावेदार रहेको तर्क गरे । 
बागलुङबाट समानुपातिकमा परेका मणि भद्र शर्मा कँडेलले इच्छा व्यक्त गरेपनि नेपालीलाई समर्थन गर्ने मनशाय बनाएका छन् । काँग्रेसबाट प्रदेश ४ मा प्रदेश सभा प्रत्यक्षमा छ जना विजयी भएका थिए भने समानुपातिकबाट ९ जना  चयन भएका थिए । प्रदेश संसदमा काँग्रेसबाट १५ जना सदस्य रहेका छन् । 
प्रदेश ५ 
प्रदेश ५ मा प्रमुख विपक्षी दलको नेतामा कांग्रेसमा त्रिपक्षी भिडन्त हुने देखिएको छ ।  विरेन्द्र कुमार कनौडिया, डिल्ली वहादुर चौधरी र वीर वहादुर रानाले प्रतिपक्ष दलको नेतामा दावी गरेका छन् । 
कपिलवस्तु ३ ख बाट विजयी भएका  विरेन्द्रकुमार कनौडियाले प्रमुख दावेदार रहेको बताए । ०५६ मा निर्वाचित सांसद रहेका कनौडिया जलस्रोत मन्त्री पनि भएका थिए । कनौडियाले आफ्नो आसपासका जिल्लाका प्रदेश सदस्यहरुले सहयोग गर्ने भएकोले आफु नै दलको नेता भएको दावी गरे । काँग्रेसले कपिलवस्तुवाट समानुपातिकमा ४ सदस्य छनोट गरेको थियो ।  दलले प्रदेश मुख्य मन्त्रीका रुपमा अघि सारेको वताउँदै कनौडियाले भने ‘मेरो प्रतिस्पर्धी  अरु छैनन् ।’ 
श्रमराज्य मन्त्री समेत रहेका चौधरी पनि प्रतिपक्ष दलको नेताका अघि सरेका  छन् । दाङ ३ क बाट विजयी चौधरीले ०७० को निर्वाचनमा पनि दाङबाट चुनिएका थिए । काँग्रेस पाल्पाका जिल्ला सभापति वीर वहादुर रानाले पनि इच्छा  देखाएका छन् । समानुपातिकमा छनौट भएका राना काँग्रेस पाल्पाका पुराना नेता हुन् । 
५२ स्थान रहेको प्रदेश सभामा प्रदेश ५ बाट काँग्रेस उम्मेदवारले सात स्थान जितेका थिए भने समानुपातिकका १२ गरि १७ जनाले प्रदेश सभामा प्रतिनीधित्व गरेका छन् । 
प्रदेश ६ 
प्रदेश ६ मा भने दलको नेतामा कांग्रेसबाट एक्लो दावी परेको छ । काँग्रेसका केन्द्रिय सदस्य जीवन वहादुर शाही प्रमुख प्रतिपक्ष दलको नेतामा चुनिने भएका छन् । 
हुम्ला ख बाट विजयी भएका शाही प्रदेश ६ मा काँग्रेसबाट विजयी हुने एक्ला उम्मेदवार हुन् । प्रमुख प्रतिपक्ष दलको नेता बन्न लागेका शाही पुर्व मन्त्री पनि हुन् । शाहीले पर्यटन र खानेपानी तथा सरसफाई मन्त्रालय सम्हालेका थिए । प्रदेश  सिट संख्या २४ रहेको प्रदेश  ६ मा काँग्रेसवाट शाहीले नेपाली काँग्रेसलाई निल हुनबाट जोगाएका थिए । 
प्रदेश ७
प्रदेश ७ मा कांग्रेसका प्रत्यक्षमा निर्वाचन जितेका तीन र समानुपातिकमा परेका एकले गरि चार जना  दलको नेताको चर्चामा  आएका छन् । डा. रण वहादुर मल्ल ,कर्ण वहादुर मल्ल र डिल्लीराज पन्त र देवराज पाठक आकाक्षी देखिएका छन् । रावलले कैलाली १ को ख, मल्लले डडेल्धुरा ख र पन्तले कैलाली ५ ख बाट निर्वाचन जितेका थिए भने पाठक डोटीबाट समानुपातिकमा परेका थिए । 
आकांक्षी रावल कैलालीमा ०७० को निर्वाचनमा पराजित उम्मेदवार हुन् । मल्ल डडेल्धुरा जिल्ला सभापति हुन् भने पाठक डोटीका पुर्व उपसभापति हुन् । पन्त महासमिती सदस्य हुन् । डोटीबाट समानुपातिकमा परेका पाठकले सहमति आफ्नो नाममा नभए मतदान मार्फत चयन हुने वताए । 
प्रदेश ७ मा काँग्रेसबाट प्रदेश सभा सदस्यमा ४ उम्मेदवार विजयी भएका थिए भने समानुपातिक तर्फ ८ जना सदस्य छनोट भएका थिए । कुल ३२ सदस्यीय प्रदेश सभामा नेपालीबाट प्रतिनीधित्व गर्ने १२ जना छन् । 


  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लिलु डुम्रे
लिलु डुम्रे

लिलु डुम्रे रातोपाटीका संवाददाता हुन् ।

लेखकबाट थप