बलिउड अभिनेत्री आयशाको सेल्फीमा हाँस्य कलाकार विल्सन, खुल्यो यस्तो रहस्य
काठमाडौ - बलिउड अभिनेत्री आयशा टाकियाको सेल्फी तस्बिरमा नेपाली हाँस्य कलाकार विल्सन बिक्रम राई देखिएका छन् । आयशाले हालै आफ्नो इस्टाग्राम मार्फत सार्वजनिक गरिएको सेल्फीमा विल्सन देखिएका हुन् ।
तस्बिरमा विल्सन चाइनीज बाबा बनेका छन् । तस्बिरको क्याप्सनमा आयशाले विल्सनसँग भनेर उल्लेख समेत गरेकी छन् ।
आयशाले चलचित्र वान्टेट र जान्हवीमा बलिउड स्टार अभिनेता सलमान खानसँग स्क्रिन शेयर गरेकी छन् ।
सार्वजनिक सेल्फी विल्सन एक बलिउड चलचित्र अभिनय गर्दा खिचिएको हो । चलचित्रको नाम अहिले गोप्य राखिएको छ । १५ सिनका लागि अनुबन्धित अभिनेता विल्सन चलचित्र सकाएर हालै स्वदेश फर्किएका छन् ।
विल्सन सानोपर्दाको हाँस्य श्रृखला मेरी बास्सै अभिनय पछि चर्चामा छाएका हुन् । उनको यो पहिलो बलिउड फड्को हो ।
नाम अहिले गोप्य राखिएको चलचित्रमा उनले बलिउड अभिनेत्री आयशा टाकियासँग स्क्रिन शेयर गरेका छन् ।
१५ सिनका लागि छनौटमा परेका विल्सनले चलचित्रको पुरै सिन आयशासँग दिएका छन् । प्रत्येक सिनमा उनले ढाकान टोपी लगाएर दृश्य दिएको केही अगाडि सार्वजनिक गरेका थिए ।
चलचित्रमा आयशा र विल्सनको अलवा सुप्रिया पिलजंकर, निल भुपालान लगायत कलाकारको समेत अभिनय रहेको बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण