पुराना यातायातका साधनमा प्रतिबन्ध नलगाउन माग
आइतबार, २३ माघ २०७३, १८ : ५४
काठमाडौँ - फागुन १७ गतेदेखि २० वर्ष पुराना यातायातका साधनमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयप्रति राष्ट्रिय लोकतान्त्रिक ट्रेड युनियन महासङ्घले विरोध गरेको छ ।
महासङ्घले यहाँ आज पत्रकार सम्मेलन गरी २० वर्ष पुराना यातायातका साधनमाथि रोक लगाउने सरकारी निर्णय मजदुरको हकमा नभएको जनाएको हो ।
कार्यक्रममा नेपाल मातृभूमि पार्टीका अध्यक्ष ओमप्रकाश विश्वकर्मा, नेपाल शिवसेना पार्टीका अध्यक्ष माधवप्रसाद भण्डारी, नेपाल यातायात महिला चालक समूहकी अध्यक्ष मीना चन्द ठकुरी लगायतले सरकारले गरेको निर्णयले मजदुरको गाँस खोस्ने, पुराना गाडी विस्थापित गरेर नयाँ गाडी खरिद गर्ने नाममा कमिशन कुम्ल्याउनतिर लागेको आरोप लगाए।
महासङ्घले उठाएका मागमा हिन्दू सेना नेपाल, स्वरोजगार यातायात सङ्घ, हिन्दू जागरण युवा सङ्घलगायत संस्थाले ऐक्यबद्धता जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण