मेस्सीको नाममा अर्को किर्तिमान
सोमबार, २४ माघ २०७३, ०९ : ५९
बार्सिलोना – लियोनेल मेस्सीले बार्सिलोनाको लागि अर्को किर्तिमान तोड्दै क्लबका लागि फ्रिकिकबाट सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् ।
एथ्लेटिक बिल्बाओविरुद्ध फ्रिकिक मार्फत गोल गर्दै रोनाल्ड कोमानको २६ गोलको किर्तिमान तोडेका हुन् ।
शनिबार भएको खेलमा बार्सिलोना १–० ले अगाडि रहेको अवस्थामा ५ पटकका बालोन डि’ओर विजेता खेलाडीले फ्रिकिकमार्फत गोल गरेका थिए ।
फ्रिकिकमार्फ उनको यो २७ औँ गोल थियो ।
गत जनवरीमा एथ्लेटिकविरुद्ध कोपा डेलरेमा फ्रिकिक मार्फत गोल गर्दै मेस्सीले कोमानको किर्तिमान बराबरी गरेका थिए ।
हाल एभर्टनका प्रशिक्षक रहेका कोमानले सामाजिक सञ्जालबाट मेस्सीलाई बधाई दिएका थिए ।
सो खेलमा एलेक्सिस भिडालले गोल गर्दै यो सिजन बार्सिलोनाको १ सयौँ गोल पनि पूरा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण