महिलालाई नेतृत्व तहमा लान पुरुषले सघाउनुपर्ने
काठमाडौँ – नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले महिला सशक्तीकरणका लागि आफ्नो दल प्रतिबद्ध रहेको हुँदा सम्पूर्ण महिलालाई स्थानीय निकाय निर्वाचनमा होमिन आह्वान गरेका छन् ।
उक्त पार्टीका सांसद राज्यलक्ष्मी श्रेष्ठको सहयोगमा दक्ष जनशक्ति विकास केन्द्रले आयोजना गरेको दुईदिने महिला नेतृत्व विकास प्रशिक्षणको आज यहाँ उद्घाटन गर्दै उनले उक्त कुरा बताएका हुन् ।
महिला वर्गलाई नेतृत्व तहमा पु¥याउन हरेक पुरुषले सहयोग गर्नुपर्नेमा जोड दिँदै उनले नारी शक्तिको उच्च सम्मान गर्दै उनीहरुलाई क्षमताअनुसार नेतृत्व दिन सक्नुपर्दछ भने ।
सांसद श्रेष्ठले सांसद विकास कोषबाट प्राप्त रकम महिला नेतृत्व विकासमा खर्चेको जानकारी दिँदै अवसरको खोजीमा रहेका नारीलाई आफूले सघाउने सन्दर्भमा कुनै कन्जुस्याईं नगर्ने प्रतिबद्धता व्यक्त गरे ।
केन्द्रका अध्यक्ष विष्णुदेवी पुडासैनीले नारी र पुरुष बराबरीको भावनाका साथ नेतृत्व तहमा पुर्याउने कार्यमा हातेमालो हुन आवश्यक छ भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण