बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश ३ मा सात मन्त्रालयको लागि स्थान तय

शनिबार, २७ माघ २०७४, १९ : ४८
शनिबार, २७ माघ २०७४

मकवानपुर । प्रदेश ३ मा सात मन्त्रालयको लागि स्थान तय गरिएको छ । सरकारी भवनहरुलाई नै मन्त्रालयमा रूपान्तरण गर्ने भौतिक संरचना निर्माण भइरहेको छ । 

जिल्ला समन्वय समिति रहेको भवनमा मुख्य मन्त्रीको कार्य कक्ष बनाइएको छ भने श्रम विभागको लागि बनाइएको भवनमा दुई मन्त्रालय रहनेछन् । 

जिल्ला शिक्षा कार्यालयमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय स्थापना गरिएको छ ।  श्रम विभाग भवनमा भूमिसुधार,कृषि तथा सहकारी मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय रहनेछन । सामाजिक विकास मन्त्रालय क्षत्रीय स्वास्थ्य निर्देशनालयमा स्थापना गरिएको छ । 

क्षेत्रीय वन निर्देशनालय रहेको भवनमा उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालय बस्ने भएको छ । त्यस्तै सहकारी सहकारी रहेको भवनमा आर्थिक मामिला तथा योजना मन्त्रालय बस्ने भएको छ । 
प्रदेश सरकारको लागि मन्त्रालयको भौतिक संरचना तिब्र गतिमा भइरहेको छ । 

कामदारहरुले नवनिर्मित मन्त्रालयहरुमा रङरोगन गरिरहेका छन् भने कोठा छुट्याउने काम पनि भएको भइरहेको छ । 

शिक्षा निर्देशनालय रहेको भवन लाई प्रदेशको संसद भवन बनाइएको छ । प्रदेश सरकार बन्नु अघि नै मन्त्रीहरुका कार्यकक्ष तयार हुने मुख्य मन्त्री कार्यालयका उप सचिव शालीकराम ढकालले वताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लिलु डुम्रे
लिलु डुम्रे

लिलु डुम्रे रातोपाटीका संवाददाता हुन् ।

लेखकबाट थप