सरकारी गाडी, मदिरा अनि अर्थमन्त्रीका स्वकीय सचिवको कालिमाटी चोकमा रमिता...
काठमाडौं । कालिमाटी चोकमा ड्युटी गरिरहेका एक ट्राफिक हवल्दारलाई सरकारी गाडीमा सवार दुई जनाले शनिवार अनाहकमा मुख छाड्न थाले ।
‘ड्युटी राम्रोसँग गर’ भन्दै अनाहक उफ्रिन थालेका ती दुईमध्ये एकजना ओर्लेर हवल्दारलाई लछार पछार पार्न थाले ।
यसरी ट्राफिक प्रहरीलाई लछार पछार पार्ने पोखराका शोभित पराजुली हुन् । अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीका स्वकीय सचिव तथा सहोदार भाञ्जा भीष्म बस्नेतले भने गाडी चलाएका थिए ।
यसरी ड्युटीमा रहेका प्रहरीलाई लछार पछार गर्न थालेपछि दिपेन्द्र तिमल्सिनासहितका स्थानीयहरुले उनीहरु दुवैलाई कालिमाटी प्रहरीमा लगेर बुझाए ।
प्रहरीले अर्थमन्त्री भाञ्जा र उनका साथी सवार बा।१ झ ८२८२ नम्बरको सरकारी गाडी नियन्त्रणमा लिएको छ । कालिमाटी प्रहरी स्रोतका अनुसार शोभित र भिष्म दुवैले मदिरा सेवन गरेको पाइएको छ ।
बिदाको दिन सरकारी गाडी चलाउनका लागी आवश्यक पास समेत नलिइकन भिष्मले सरकारी गाडीको दुरुपयोग गरेको बताइएको छ ।
पोखराका शोभित पराजुली र अर्थमन्त्रालयको स्वामित्वमा रहेको टोयोटाको कोरोला एलएक्स कार नियन्त्रणमा लिइएको पुष्टि गर्दै महानगरीय प्रहरी वृत कालिमाटीका डिएसपी प्रदीप क्षेत्रीले भीष्म बस्नेतबारे अनभिज्ञता प्रकट गरेका छन् ।
‘ट्राफिक हवल्दारलाई मुख छाडेको चाहिँ पोखराका शोभित पराजुलीले हो’ उनले भने, ‘गाडी ट्राफिकले राखेको छ थप कुरा बुझ्दै छौं ।’
अर्थमन्त्रालयको सचिवालयबाट प्रतिक्रया आउन बाँकी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा दुई दिनमा १ अर्ब ५७ करोड खर्च
-
राजेन्द्र राईकाे अभिव्यक्ति संसदकाे अभिलेखबाट हटाउन निर्देशन
-
बजेट आजै पारित हुने, मन्त्रिपरिषद्बाट बजेट संशोधन गर्न कार्यदल गठन
-
१५ वर्षे किशोरको शंकास्पद मृत्यु प्रकरण, वडा अध्यक्ष पक्राउ
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, को होला मुख्यसचिव ?
-
रेखा पौडेल कम्बोडियाको क्लबमा आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण