बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

अनुराधा कोइरालाद्वारा प्रदेश तीनका सभामुखलाई सपथ

आइतबार, २८ माघ २०७४, ०९ : ५३
आइतबार, २८ माघ २०७४

हेटौंडा । प्रदेश नम्वर ३ का नवनिर्वाचित सभामुख सानुकुमार श्रेष्ठलाई प्रदेश प्रमुख अनुराधा कोइरालाले पद तथा गोपनियताको सपथ खुवाएकी छन् । 

शनिवार भएको सभामुख निर्वाचनमा श्रेष्ठ निर्विरोध निर्वाचित भएका थिए । निर्वाचन लगत्तै प्रदेश प्रमुख कार्यालयमा सपथ ग्रहण कार्यक्रम राखिएको थियो । 

कार्यक्रममा एमाले संसदीय दलका नेता तथा भावी मुख्य मन्त्री डोरमणी पौडेल, काँग्रेसका दलका नेता इन्द्र बाँनीया माओवादी केन्द्रबाट दलका  नेता शालीकराम जम्मरकट्टेल तथा प्रदेश सदस्यहरुको उपस्थिति थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लिलु डुम्रे
लिलु डुम्रे

लिलु डुम्रे रातोपाटीका संवाददाता हुन् ।

लेखकबाट थप