शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

भक्तपुरका प्रमुख उपप्रमुखद्वारा शपथ

बुधबार, १० जेठ २०७४, १५ : ३५
बुधबार, १० जेठ २०७४

भक्तपुर, १० जेठ । भक्तपुर नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख, उपप्रमुख, वडा अध्यक्ष र वडा सदस्यले आज शपथ लिइ कार्यभार सम्हालेका छन् ।

नगरपालिकाले आज आयोजना गरेको शपथग्रहण कार्यक्रममा मुख्य निर्वाचन अधिकृत भोजराज शर्माले नवनिर्वाचित नगरप्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीलाई शपथ गराएका थिए ।

कार्यक्रममा सांसद प्रेम सुवालले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको भूमिका स्थानीय तहले गर्न पाउने अधिकार भएकाले यसलाई पूरा गर्ने जिम्मेवारी नवनिर्वाचित पदाधिकारीमा आएको बताए ।

मुख्य निर्वाचन अधिकृत भोजराज शर्माले स्थानीय तहको निर्वाचनले लामो समयदेखि रोकिएको विकास कार्य दूतगतिमा अगाडि बढ्ने बताए ।

प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले आफ्नो नगर तथा गाउँको विकास गर्ने अनेकौ अवसरलाई सफल बनाउन नवनिर्वाचित पदाधिकारीले ध्यान दिनुपर्नेमा जोड दिए।

नवनिर्वाचित नगरप्रमुख प्रजापतिले स्थानीय तह प्रजातन्त्रको जग भएको बताउँदै संविधानले दिएको अधिकार प्रयोग गर्ने क्रममा आउने चुनौती सामना गरेर अघि बढ्ने बताए ।

उनले भने–“संविधान कार्यान्वयनको क्रममा हाम्रा समक्ष चुनौतीको पहाड आएको छ, जनताको साथ लिएर त्यस्ता चुनौतीको पहाड पन्छाउँदै अगाडि बढ्छौ ।”

भक्तपुरलाई देशकै नमुना नगर बनाउने घोषणा गर्दै उहाँले संरक्षण हुनबाँकी ऐतिहासिक एवम् पुरातात्विक सम्पदा र संरचनाको संरक्षण गर्ने, ख्वप विश्व विद्यालय स्थापना गर्ने, भक्तपुरलाई ज्ञान केन्द्रको रुपमा विकास गर्नेलगायतका विषयमा जोड दिए ।

शपथग्रहण लगत्तै नगरपालिकाको भवनमा गएर नगरप्रमुख, उपप्रमुख र १० वटा वडाका वडा अध्यक्षले नगरपालिकाको पहिलो बैठक सबेका थिए । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप