शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

कार्यालय सहयोगीदेखि वडा अध्यक्षसम्म

बुधबार, १० जेठ २०७४, १५ : ३८
बुधबार, १० जेठ २०७४

चितवन, १० जेठ । केही दिनअघिसम्म वडाका गल्लीगल्लीमा झ¥याङ बोकेर सडक बत्ती मर्मत गर्दै हिँड्नु हुने यमलाल कँडेल अहिले यहीँ वडाको अध्यक्ष हुनुभएको छ । भरतपुर महानगरपालिका–९ का नवनिर्वाचित अध्यक्ष कँडेल कुनै बेला यहीँ वडाको कार्यालय सहयोगी हुनुहुन्थ्यो ।

उहाँ आर्थिक सम्पन्न भएर वडा अध्यक्ष बन्नु भएको पनि होइन । पार्टीका कतिपय नेताले निर्वाचनमा पैसा खर्च गर्न सक्दैन भनेर टिकट दिन आनाकानी गरेका थिए । उहाँले नेतालाई जवाफ दिनुभयो, “पैसा खर्च गर्न नसके पनि चुनाव जितेर देखाउँछु ।”

विसं २०२३ मा बागलुङको बिउँमा जन्मिनु भएका कँडेलको परिवार २०२६ सालमा चितवन झरेको हो । १३ वर्षको उमेरमा बुबा गुमाउनु भएका कँडेलमाथि आफ्ना दुई भाई, दुई बहिनी र आमाको पालनपोषण र शिक्षादिक्षा गर्ने जिम्मेवारी पनि थपियो ।

बाल्यकाल निकै कष्टपूर्ण बिताउनुभएका कँडेलले भन्नुभयो “बुबाको स्वार्गारोहणपछि हाम्रो बाल्यकाल निकै कष्टपूर्ण बित्यो ।” त्यतिमात्रै होइन, पहिलेदेखि नै कँडेलले अर्काको जमिन अधियाँ र ठेक्कामा कमाएर परिवार पाल्दै आउनुभएको थियो । घरमै पुगेका पत्रकारसँग उहाँले खुलेर भन्नुभयो “अहिले पनि म एक बिगाहा अर्काको जग्गा कमाइरहेको छु ।”

नेकपा ९एमाले०को तर्फबाट उम्मेदवार बन्नु भएका उहाँले एक हजार ५३५ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सन्तलाल गुरुङले एक हजार १२२ र ९माओवादी केन्द्र०का ज्ञानकुमार श्रेष्ठले ५८१ मत प्राप्त गर्नुभएको थियो । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप