बैंकर श्रेष्ठ महिला उद्यमी विकास समितिको उपसभापतिमा मनोनित
बुधबार, १० जेठ २०७४, १५ : ४९
काठमाडौँ, जेठ १०– नेपाल उद्योग बाणिज्य महासंघले महिला उद्यमी विकास समितिको उपसभापतिमा बैंकर रविना देशराज श्रेष्ठलाई मनोनित गरेको छ । महासंघकी कार्यकारिणी समितिकी सदस्य कमला श्रेष्ठ सभापति रहने गरी बैंकर श्रेष्ठलाई उपसभापति मनोनित गरिएको हो । बैंकर श्रेष्ठ मेगा बैंक नेपाल लिमिटेडकी सहायक नायब प्रमुख कार्यकारी अधिकृत हुन् र साढे दुई दशक लामो बैंकिङ करिअरका क्रममा महिला उद्यमीहरुलाई पुर्याएको योगदान बापत उहाँलाई उपसभापति मनोनित गरिएको महासंघले जनाएको छ । जेठ ७ गते मनोनित गरे पनि बैंकर श्रेष्ठले मंगलबारमात्रै पत्र बुझिन् । उपसभापतिमा मनोनित गरेको पत्र बुझेपछि निकै खुसी लागेको बैंकर श्रेष्ठले प्रतिक्रिया दिइन् । आगामी दिनमा महिला उद्यमीहरुको सशक्तिकरण र थप व्यवसायिक बनाउन सक्दो योगदान पुर्याउने उनले बताएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
-
तपाईँलाई पनि मुखको क्यान्सर त छैन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण