शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले दिए पदबाट राजीनामा

बुधबार, १० जेठ २०७४, १६ : ३६
बुधबार, १० जेठ २०७४
काठमाडौं, जेठ १०– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदबाट राजीनामा दिएका छन् । बुधबार अपरान्ह सिंहदरबारबाट देशबासीको नाममा सम्बोधन गर्दै  प्रचण्डले  पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने पूर्व सहमतिअनुसार पदबाट राजीनामा दिएका हुन् । राजीनामा घोषणा गर्दै प्रमले भने, ‘ नेपाली कांग्रेसस“ग भएको समझदारी अनुसार नै अगाडि बढ्दैछु । सत्ता छाड्न पर्दा अहिलेसम्म देखिने गरेको पीडा, आक्रोश र छटपटीको परम्परा तोड्दै अबका दिनमा पनि एउटा राजनीतिज्ञका रुपमा, एउटा सांसदका रुपमा र एउटा नागरिकका रुपमा मुलूक र जनताको उत्थानमा निरन्तर क्रियाशील रहने प्रतिवद्धतासहित म आजै र अहिल्यै प्रधानमन्त्री पदबाट राजीनामाको घोषणा गर्दछु र म यहा“बाट सिधै सम्माननीय राष्ट्रपतिकहा“ गएर आफ्नो राजीनामा पेश गर्दैछु । उनले राष्ट्रिय एकता र सहमतिका निमित्त आफ्नो प्रयास निरन्तर जारी रहने रहने समेत प्रतिबद्धता जनाए । उनी गत साउन १९ गते प्रधानमन्त्रीमा निर्वाचति भएका थिए भए आफ्नो कार्यकालमा ऐतिहासिक स्थानीय तहको पहिलो चरणको निर्वाचन गर्ने महत्वपूर्ण कार्यभार पूरा गरेका थिए । सम्बोधनका क्रममा प्रचण्डले आफ्नो कार्यकाल सफल भएको भन्दै १० महिनाको बीचमा संधिवान कार्यान्वयनको दिशामा मुलुक अघि बढेको  भन्दै स्थानीय तहको पहिलो चरणको निर्वाचन गराउन सकेकोमा सन्तोष ब्यक्त गरे । उनले सबै आशंका र अवरोधलाई चिर्दै स्थानीय तह निर्वाचन गर्न सरकार सकेको भन्दै चुनावमा कसले जित्यो र कसले हार्यो भन्नेमा ठूलो विषय नभएको बताए । उनले निर्वाचनमा सफल बनाउन सहयोग गर्ने सबैप्रति धन्यावाद समेत ज्ञापन गरे । प्रचण्डको सम्बोधनका मुख्य बुँदा यस्ता छन् –उर्जा क्षेत्रमा गरेका नीतिगत निर्णयले नेपाल लोडेडिङमुक्त गर्न सकेको र विद्युत निर्यातको अवस्थामा पुगेको छ । – शान्ति प्रकृयमा महत्वपुर्ण निर्णय भएको छ । –५२ जनालाई शहिद घोषणा गरिएको छ । घाइते बेपत्तालाई राहात प्रदान गरिएको छ । –महिलालगायत विभिन्न आयोगको लागि विधेयक संसदमा पुगेका छन् । –प्रत्येक प्रदेशमा उच्च अदालत स्थापना । –भुकम्प पीडितलाई राहात वितरण प्रभावकारी बनाइयो । समग्रमा उनीहरुलाई आठ लाखसम्मको प्याकेज ल्याइएको छ । कृषि क्षेत्रमा सुपर जोन कार्यक्रम काम सूरु भइसकेको छ । – सरकार फास्टट्रयाक, वानवेल्ट वान रोडमाथि नियोजित प्रचार गर्नेलाई जवाफ दिन सफल भएको छ। –हुलाकीमार्ग निर्वाण तिव्र, काकाकुल राजधानीबासीले मेलम्ची पाउने भएका छन् । –१३ स्थानमा मेघासिटिको कार्यप्ररम्भ भएको छ । राष्ट्रिय गौरवका योजना सुचारु हुने भएका छन् । –१३ खर्ब ५१ करोडको लगानी आउने भएको छ । वित्तिय क्षेत्रको सुधार गर्न बाफिया ऐन पारित । –शिक्षा क्षेत्रमा पनि महत्वपुर्ण निर्णय भएका छन् । जनस्वास्थ्य क्षेत्रमा सार्वजनिक सुधार भएका छन् । जटिल किसिमका रोगको उपचार र स्वास्थ्य विमा स्वीकृत भैसकेको छ । – एकीकृत पुर्वाधार स्वास्थ्य कार्यक्रम सूरु हुन लागेको छ । – सामाजिक स्वास्थ्य विमा क्रमश बढाउदै लेजाने –प्रहरी र सेनाका असपतालमा सर्वसाधारणले सेवा पाउने व्यवस्था मिलाइएको छ । बैदेशीक रोजगार विमा बढाइएको छ, २७ लाख पुर्याएको छ । –गरिवका लागि सरकार संकल्प अनुसार बसोबास आयोग र गरिव परिचयपत्रको व्यवस्था मिलाइएको छ । भुमिहिनलाई परिचयपत्रको व्यवस्था गरिएको छ । दलित अधिकार उच्चस्तरिय समिति गठन भएको छ । –यातायातमा अनलाईन सेवा प्रभावकारी बनाइएको छ । –औषधि लिमिटेड संचालन गर्न सकिएको छ । –सिमाक्षेत्र कार्यक्रम थप १२ जिल्लामा विस्तार भएको छ । – पेट्रोलका लागि ग्लोवल टेण्डरको प्रकृया सूरु भएको छ । –छिमेकीबीचको सम्बन्धमा सामान्यीकरण र सुधार गरिएको छ, सन्तुलित बनाएको छ । –भारत चीन लगायतका मित्र राष्ट्रसँगको सम्बन्ध सुधार भएको छ । –१२ सय मेघावाटको बुढि गण्डकी बनाउन चिनियाँ कम्पनिलाई दिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप