यस्तो रह्यो नेपाल चेम्बर अफ कमर्सको विभिन्न राजदुतसँगको भेट
बुधबार, १० जेठ २०७४, १७ : ३१
काठमाडौं, जेठ १० – नेपाल चेम्वर अफ कमर्सले विभिन्न देशका लागि तीन जना नेपाली राजदूतहरुसँंग बुधबार राजधानीमा गरेको छ ।
आयोजित उक्त छलफल कार्यक्रममा नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले छिमेकी मुलुकहरुले गरिरहेको लोभ लाग्दो आर्थिक उन्नतिबाट नेपालले पनि सिक्नु पर्ने विचार राखेका थिए ।
श्रीलंकाका लागि नेपाली राजदूत डा विश्वम्भर प्याकुरेल, बंगलादेशका लागि नेपाली राजदूत डा चोपलाल भुसाल र म्यानमारका लागि नेपाली राजदूत भीम उदाससँंग दुईपक्षीय आर्थिक विषयका सम्वन्धमा भएको छलफलमा चेम्वर अध्यक्ष श्रेष्ठले छिमेकी देशहरुसँंगको व्यापार बृद्धिका लागि सहयोगी भूमिका खेल्न राजदूतहरुसँंग आग्रह गरे । साथै, उनले नेपालमा लगानीको वातावरणका लागि पहल गर्न पनि उनीहरुसँग विशेष आग्रह गरे ।
श्रीलंकाका लागि नेपाली राजदूत विश्वम्भर प्याकुरेल, बंगलादेशका लागि नेपाली राजदूत डा. चोपलाल भुसाल, म्यानमारका लागि नेपाली राजदूत भीम उदासले नेपालमा लगानीको वातावरण बनाउन आफूहरु लागिपर्ने बताए । साथै नेपालमा पर्यटक भित्राउन पनि आफूहरु सक्रिय रहेको बताए ।
आर्थिक बृद्धिका लागि व्यापार मेलाको आवश्यकताबारे चर्चा छलफलमा चर्चा भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
-
तपाईँलाई पनि मुखको क्यान्सर त छैन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण