भारतीय राजदूतले भने, ‘राजनीतिक विषयमा राजदूतले टिप्पणी गर्न मिल्दैन्’
बुधबार, १० जेठ २०७४, १७ : २२
काठमाडौं, जेठ १०– नेपालका लागि भारतीय राजदुत मञ्जीवसिंह पुरीले नेपाल–भारत सम्बन्ध अत्यन्तै सुमधुर रहेकोले आगामी दिनमापनि सम्बन्ध झनै मजबुद हुने स्पष्ट पारेका छन् ।
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा राजदुत पुरीले नेपाल–भारत द्धिपक्षीय सम्बन्ध अत्यन्तै सुमधुर रहेको बताउँदै आगामी दिनमा पनि सम्बन्धलाई थप मजबदुत बनाउँदै लैजानुपर्ने बताए ।
उनले भने,‘नेपाल–भारत सम्बन्ध अत्यन्तै सुमधुर छ, युगौंदेखि यो सम्बन्ध सुमधुर छ, सामाजिक, साँस्कृतिक, आर्थिक, धार्मिक रुपमा पनि द्धिपक्षीय सम्बन्ध सुमधुर छ, आगमी दिनमा सम्बन्ध झनै बलियो र प्रगाढ हुन्छ।’
पुरीले भने,‘हामीवीच रोटी र बेटीको मात्रै सम्बन्ध छैन, आजको आधुनिक युगमा आर्मड फोर्सेसकावीचमा पनि हामीहरुवीच इन्टर्याक्सन भैरहेको छ।’ उनले नेपाल र भारतवीचपनि संयुक्त सैन्य अभ्यास भैरहेको बताए ।
राजदुत पुरीले हालै भारतमा मारिएका दुई जना गोरखा सैनिकको निधनमा दुःख व्यक्त गर्दै एक अर्कामा नेपाल र भारत सँधै सहयोगी बन्ने विश्वास दिलाए । उनले भने,‘हामी एक कठ्ठा छौं ।’
नेपालको विकासमा भारतको ठूलो सहयोग रहँदै आएको कुरा उल्लेख गर्दै उनले पछिल्लो समय भारतले नेपाललाई भुकम्पपछिको पूर्ननिर्माणमा दिने भनेर घोषणा गरेको एक विलियन युएस डलरमध्ये २५० मिलियन दिईसकेको र अब ७ सय ५० मिलियन डलर लाईन अफ क्रेडिटमा रहेको बताए । उनले भारतले नेपालमा रेल–वे लिंक, जलबिद्युत्त, रोड, कन्स्ट्रक्सन, कनेक्टिभीटी, ईन्ट्रिगेटेड चेकपोष्ट लगायतका ठूला–ठूला परियोजनाहरु सञ्चालन गरिरहेको समेत जानकारी दिए ।
राजदुत पुरीले नेपालमा विकासले गति लिएको आफूले समेत प्रत्यक्ष अनुभव गरेको सुनाए । उनले भने,‘नेपालमा विकास भएको छ, यतिका गाडीहरु र मोटरसाईकलहरु मैले देखें, यो पनि एउटा संकेत हो।’ उनले भारत नेपालको एक असल मित्रराष्ट्र, पार्टनर र शुभ चिन्तक भएको नाताले नेपालले सँधै स्थायित्व र समृद्धि हाँसिल गरोस् भन्ने चाहना रहेको स्पष्ट पारे ।
भारतले पनि उच्च आर्थिक वृद्धि हाँसिल गरेको सुनाउँदै राजदुत पुरीले भने,‘भारतले विश्वकै तिव्र आर्थिक वृद्धि हाँसिल गरेको छ, हामी चाहन्छौं हाम्रो आर्थिक वृद्धि अझै तेज गतिमा अघि बढोस्, नेपालको पनि आर्थिक वृद्धि भएको छ, यसलेपनि देखाउँछ कि अहिले यो जबरजस्त विन विन सिच्युएशन छ।
त्यस्तै राजदुत पुरीले प्रधानमन्त्री नरेन्द्र मोदी आएपछि भारतले लुक ईस्ट पोलीसीलाई सार्पर फोकस गरेको जनाए ।
नेपालको चुनावलाई लिएर भारतको के छ प्रतिक्रिया भनेर सोधिएको प्रश्नमा उनले नेपालको राजनीतिक विषयमा आफूले कुनै पनि टिप्पणी नगर्ने स्पष्ट पारेका छन् । उनले भने,‘नेपालको राजनीतिक विषयमा राजदुतले टिप्पणी गर्न मिल्दैन, म यसमा कुनै पनि टिप्पणी गर्दिन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
-
तपाईँलाई पनि मुखको क्यान्सर त छैन ?
-
बालेन सरकारले सिक्काबाट नेपालको चुच्चे नक्सा हटाउन लागेको हो ?
-
कुन दाल कतिबेला खाने ? तपाईँलाई थाहा छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण