शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

‘क्विन्स’मा बुटिक तथा मेकअप तालिम

बुधबार, १० जेठ २०७४, १७ : ४६
बुधबार, १० जेठ २०७४
पोखरा, जेठ १०– पोखराको क्विन्स कलेक्शन बुटिकले ‘बुटिक तथा ब्यूटिपार्लर’ सम्बन्धि तालिम संचालन गर्ने भएको छ । कम्पनीले जेठको २५ गतेदेखि कक्षा संचालन गर्ने गरी आवेदन खुलाएको हो । फेशन,पहिरन र सौन्दर्यसम्बन्धि प्रशिक्षणका लागि कम्पनीले सिमित सिट खाली भएको जनाएको छ । ‘बेरोजगार युवाहरुलाई स्वरोजगारीतर्फ उन्मुख गराउनका लागि यो तालिमको अवधारणालाई हामीले अगाडि सारेका हौँ । र, सौन्दर्य तथा फेशनको विस्तारित बजार र यसप्रति युवाहरुमा देखिएको आकर्षणले हाम्रो अवधारणाले मुर्त रुप लिन्छ भन्ने हामीले विश्वास गरेका छौँ ।’– कम्पनीका संचालक ममता पौडेलले भनिन् । प्रशिक्षार्थीहरुका लागि बेसिक, डिप्लोमा र एड्भान्स गरी तीन चरणको तालिम दिइने पौडेलले जानकारी दिइन् । तालिममा सहभागीहरुका लागि पौडेलसँगै फेशन डिजाइनर कल्पना लावती (लिम्बु)ले प्रशिक्षण दिनेछन् । त्यस्तै इन्स्टिच्यूटले समूहमा आउनेलाई विशेष छुटको व्यवस्था पनि गरेको छ । विहान, दिउँसो र साँझ गरी तीन शेसनमा हुने कक्षाहरुमा आर्थिक स्थिति कमजोर भएको एक जनालाई निःशुल्क छात्रवृत्ति दिने व्यवस्था पनि मिलाइएको इन्स्टिच्यूटले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप