प्रधानमन्त्री कप क्रिकेट – पुलिसद्वारा सुदूरपश्चिमाञ्चल पराजित
बुधबार, १० जेठ २०७४, १८ : ००
काठमाडौँ, जेठ १० – नेपाल पुलिस क्लबले सुदूरपश्चिमाञ्चल विकास क्षेत्रलाई पराजित गर्दै प्रथम प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा पुलिसले सुदूरपश्चिमाञ्चललाई सात विकेटले पराजित गर्दै विजय सुरुआत गरेको हो । जिसँगै पुलिसले दुई अङ्क जोडेको छ ।
टस जितेर पहिले फिल्डिङ रोजेको पुलिसले सुदूरपश्चिमाञ्चलले दिएको १७१ रनको लक्ष्यलाई ११५ बल बाँकी छदै पूरा गर्यो । पुलिसले २४ दशमलव तीन ओभरमा तीन विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो ।
पुलिसको जितमा अमित श्रेष्ठले सर्वाधिक ७५ रनको योगदान दिए । ६३ बल खेल्दै उनले तीन छक्का र आठ चौकाको मद्धतमा ७५ रनको स्कोर बनाएका हुन् । त्यसैगरी दीलिप नाथले ४० तथा दीपेन्द्रसिहं ऐरीले २७ रन जोडे ।
सुदूरपश्चिमाञ्चललाई सस्तैमा समेट्ने क्रममा सुशील कँडेल एक्लौले पाँच विकेट लिए भने ललित भण्डारीले तीन तथा अरिफ शेखले एक विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमाञ्चलले ४८ दशमलव चार ओभरमा अल आउट हुँदै १७० रनको योगफल बनाएको थियो । उसका लागि ज्ञानेन्द्र कुँवरले ४९, भीम सार्कीले २८, सन्तोष भट्टले २५ तथा रोशन नेपालीले २१ रन जोड्नुबाहेक अन्यले दोहोरो अङ्क जोड्न सकेनन् । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
-
तपाईँलाई पनि मुखको क्यान्सर त छैन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण