पाँच दिनदेखि स्थगित चाँगुनारायणको मतगणना पुनः सुरु
बुधबार, १० जेठ २०७४, १८ : ०६
भक्तपुर, जेठ १०– भक्तपुरको चाँगुनारायण नगरपालिकाको मतगणना बुधबार अपरान्हबाट सुरु भएको छ ।
पाँच दिनदेखि स्थगित चाँगुनारायण नगरपालिकाको मतगणना बुधबार अपरान्ह करिव ५ बजेर ४० मिनेट जाँदा सुरु गरिएको हो ।
विवादित वडा नम्बर ३ र ४ मा पुनः मतगणना गर्ने सहमति सर्वदलीय बैठकमा जुटेपछि मतगणना सुरु भएको हो । मतगणनामा संलग्न कर्मचारीले काँग्रेस, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलको मतलाई गोलमाल गरेपछि त्यहाँको मतगणना स्थगित भएको थियो ।
बुधबार विहान प्रमुख निर्वाचन अधिकृत भोजराज शर्मा, प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलसहितको सर्वदलीय बैठकमा विवादित वडा नम्बर ३ र ४ मा पुन मतगणना गर्न एमाले सहमति भएपछि मतगणनाको काम सुरु गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
-
तपाईँलाई पनि मुखको क्यान्सर त छैन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण