दलित नेता परियारको हत्या म्यादी प्रहरीले गरेको खुलासा
बुधबार, १० जेठ २०७४, २० : ४४
ललितपुर, जेठ १०– ललितपुरका दलित नेता दीपक परियारको हत्या म्यादी प्रहरीले गरेको खुलासा भएको छ । ललितपुर जिल्ला गोदावरी न.पा.वडा नं. ९ छम्पी बस्ने जिल्ला दलित संघको उपाध्यक्षसमेत रहेका ५५ वर्षीय दीपक परियार मंगलबार विहान मृत्त भेटिएका थिए ।
स्थानीय चुनावका लागि भर्ति भएका म्यादी प्रहरी कुमार पाख्रिनले परियारको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो ।
पाख्रिन पनि गोदावरीमै बस्दै आएका थिए । स्थानीय तथा तालिम प्राप्त कुकुरहरुको सहयोगमा प्रहरी अनुसन्धानबाट अभियुक्त पत्ता लागेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।
मृतक परियार र पाख्रिनसँगै बसी रक्सी खाएर आपसमा झगडा गर्ने क्रममा सोमवार राती टाउकोमा ढुंगा प्रहार गरी परियारको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरी प्रवक्ता कार्कीकाअनुसार परियारको हत्या गरी भागेका पाख्रिनलाई पक्राउ गरी महानगरीय प्रहरी बृत्त चापागाउँ ललितपुरबाट थप अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेन सरकारले सिक्काबाट नेपालको चुच्चे नक्सा हटाउन लागेको हो ?
-
कुन दाल कतिबेला खाने ? तपाईँलाई थाहा छ ?
-
‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह
-
कञ्चनपुर जिल्ला अदालत : मुद्दा फछ्र्यौटमा सुधार
-
आश्रम आश्रित बालबालिकाको शिक्षा र उद्धार तथा पुनःस्थापनाका लागि सहकार्य
-
औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण