शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

यी हुन लुम्बिनी गुरुयोजनाको कार्य पुरा गर्ने जिम्मेवारी पाएका ईन्जिनीयर भट्टराई

बुधबार, १० जेठ २०७४, २० : ४९
बुधबार, १० जेठ २०७४
लुम्बिनी, जेठ १० – लामो समय देखि लुम्बिनी बिकास कोषको सेवा गर्दै आएका इन्जिनियर सरोज भट्टराई पाँच बर्षका लागि कोषको योजना प्रमुख पदमा नियुक्त भएका छन ।   [caption id="attachment_147491" align="alignleft" width="840"] DCIM105MEDIA[/caption] कोषका योजना प्रमुख ईमानसिंह मोक्तानको राजीनामा पश्चात रिक्त पदपूर्तिका लागि कोषको बोर्ड बैठकले उठाएको टिप्पडी संस्कृतिमन्त्री एवं कोषका अध्यक्ष जीतेन्द्रदेवले जेठ ५ गते सदर गरेपछि ईन्जिनियर भट्टराई कोषको नया योजना प्रमुख पदमा नियुक्त भएका हुन । पुल्चोक क्याम्पसबाट आरकीटेक ्रशहरी बिकास ईन्जियरिङ्ग बिषय लिई स्नाकोत्तर अध्यन पश्चात बिगत पाँच बर्ष देखि लुम्बिनी बिकास कोष स्थित ईन्जियरिङ्गशाखाको प्रमुख एवं बरिष्ठ ईन्जिनियर पदमा रही सक्रिय रुपमा आफनो जिम्मेवारी बाहन गर्दै आएका नवनियुक्त योजना प्रमुख भट्टराईले आफनो कार्यकाल भित्रै लुम्बिनी गुरुयोजना पूरा गर्नुका साथै बृहत्तर लुम्बिनी बिकास परियोजनाको कार्य समेत द्रतगतिमा बढाउने दाबी गरेका छन । उनले कोष भित्र पदाधिकारी र कर्मचारी बीचको आन्तरिक द्वन्द लाई साम्य पारी स्थानीय सहभागिता र सहकार्यमा नया ढंगबाट योजना निर्माण कार्य जिम्मेवारी पूर्बक अघि बढाउने बताए । यता नव नियुक्त योजना प्रमुख भट्टराईलाई लुम्बिनी बिकास कोष स्थित कर्मचारी युनियनले खादा ओढाई स्वागत तथा सम्मान समेत गरेको युनियनका अध्यक्ष धु्रव प्रसाद पाण्डेयले जानकारी गराए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप