शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

योग्यता पेश गर्न बराललाई सर्वोच्चको आदेश

बुधबार, १० जेठ २०७४, २१ : ०९
बुधबार, १० जेठ २०७४
काठमाडौं, जेठ १०– सर्वोच्च अदालतले प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्ष भवानी बराललाई योग्यता पेश गर्न आदेश दिएको छ । प्रेस काउन्सिल ऐन २०४८ को दफा ६(१) विपरित योग्यता नपुगेका व्यक्तिलाई प्रेस काउन्सिल नेपालको अध्यक्ष नियुक्ति गरेको भन्दै पत्रकार वैकुण्ठ भण्डारीले दिएको रिटमा न्यायाधीस ईश्वरप्रसाद खतिवडाको एकल इजलासले जेठ १९ गते योग्यता पेश गर्न आदेश दिएको हो । सर्वोच्चमा दिएको रिटका पक्षमा बुधबार अधिवक्ता रविनारायण खनाल, विष्णु लुंईटेल, र कृष्णकुमार श्रेष्ठले बहस गरेका थिए । गत जेठ ४ गतेको मन्त्रिपरिषद्को वैठकले प्रेस काउन्सिलका अध्यक्ष भवानी बराललाई प्रेस काउन्सिल अध्यक्षमा नियुक्त गरेको थियो । बरालले आइतबार पदभार ग्रहण गरिसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप