शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

चन्द्रागिरि नपाका विजेतालाई शपथ

बुधबार, १० जेठ २०७४, २१ : ३२
बुधबार, १० जेठ २०७४
काठमाडौँ, जेठ १०– चन्द्रागिरि नगरपालिकाको नवनिर्वाचित पदाधिकारीहरुलाई आज पद तथा गोपनीयताको शपथ गराइएको छ । यहाँ आज आयोजित एक कार्यक्रममा प्रमुख निर्वाचन अधिकृत गणेश नायकले नगर प्रमुखमा विजयी नेपाली काँग्रेसका घनश्याम गिरी, उपप्रमुखमा विजयी नेकपा एमालेका लिसा नकर्मी तथा १५ वडाध्यक्षलाई शपथ दिलाउनुभयो । अधिकृत नायकले केन्द्रमा केन्द्रित विभिन्न अधिकारलाई स्थानीय सरकारमार्फत जनतामा पुर्याएर उनीहरुलाई लोकतन्त्रको अनुभूति गराउन खाँचो रहेको बताउनुभयो । नगर प्रमुख गिरीले उपप्रमुख नकर्मीले स्थानीय स्रोत तथा साधनलाई सही ढङ्गले परिचालन गरिने बताउँदै एकीकृत बस्ती विकासका कार्यलाई प्राथमिकता दिइने बताउनुभयो । कुल ३८ हजार ८७२ मतदाता रहेको सो नगरपालिकाको प्रमुखमा काँगे्रस तथा उपप्रमुखमा एमाले विजयी भएका थिए । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप